नेपाली बजारमा शाओमी, ओपो, हुवाइ, भिभो, सामसङ, रियलमी, वानप्लस, अल्काटेल, नोकिया, कलर्सलगायत विभिन्न ब्राण्डका फोन छन्।
ती कम्पनीले सस्तादेखि महंगा मूल्यसम्मका फोन बजारमा ल्याएका छन्। यहाँ १० हजार भन्दा कम मूल्यका फोनबारे चर्चा गरिएको छ।
उक्त मूल्यमा सामसङ, शाओमी र हुवाइ गरी तीन कम्पनीका फोन हाल बजारमा छन्।
सामसङ एम-०१कोर
यो फोनमा ५.३ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको पछाडिको क्यामेरा ८ मेगापिक्सेल र अगाडिको क्यामेरा ५ मेगापिक्सेलको रहेको छ।
३ हजार एमएएच ब्याट्री क्षमता रहेको फोन ग्राहकले १जिबी/२ जिबी र्याम र १६ जिबी/३२ जिबी रोममा किन्न पाउने छन्। यसको मूल्य क्रमशः ८ हजार ९ सय ९९ र ९ हजार ९ सय ९९ मा तोकिएको छ।
रेड्मी गो
यो फोनमा ५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसमा पछाडि क्यामेरा ८ मेगापिक्सल अगाडि ५ मेगापिक्सलको दुई वटा क्यामरा राखिएको छ।
३ हजार एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले १जिबी र्याम र १६ जिबी स्टोरेजमा पाउने छन्। यो ब्लु र ब्ल्याक गरी दुई रङमा पाइने छ। फोनको मूल्य ९ हजार ९ सय ९९ रूपैयाँ तोकिएको कम्पनीले बताएको छ।
रेड्मी-७ए
यो फोनमा ५.४५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसमा पछाडि क्यामेरा १३ मेगापिक्सल अगाडि ५ मेगापिक्सलको दुई वटा क्यामरा राखिएको छ।
४ हजार एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले २ जिबी र्याम र ३२ जिबी स्टोरेजमा पाउने छन्। यो फोन ब्लु, ब्ल्याक र गोल्ड गरी तीन रङमा उपलब्ध छ। फोनको मूल्य १० हजार ९ सय ९९ रूपैयाँ तोकिएकोे छ।
हुवाइ वाइ–५पी
यो फोनमा ५.४५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसमा पछाडि क्यामेरा ८ मेगापिक्सल अगाडि ५ मेगापिक्सलको दुई वटा क्यामरा राखिएको छ।
३ हजार २० एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले २ जिबी र्याम र ३२ जिबी स्टोरेजमा पाउने छन्। फोनको मूल्य १० हजार ९ सय ९९ रूपैयाँ तोकिएकोे छ।
मोडल | क्षमता | मूल्य |
सामसङ एम–०१ कोर | १जिबी/१६जिबी | ८,९९९ |
२जिबी/३२जिबी | ९,९९९ |
शाओमी रेड्मी गो | १जिबी/१६जिबी | ९,९९९ |
शाओमी रेड्मी–७ए | २जिब/३२जिबी | १०,९९९ |
हुवाइ वाइ–५पी | २जिबी/३२जिबी | १०,९९९ |