भिभोले भी सिरिज अन्तर्गत ‘भी–२०एसइ’ बजारमा ल्याएको छ। केही समयअघि कम्पनीले उक्त स्मार्टफोन भारतीय बजारमा भित्र्याएको थियो।
थ्री-डी कर्डमा डिजाइन गरिएको यो फोनमा ६.४४ इञ्चको एमोलेड डिस्प्ले छ। फिंगर प्रिन्टको सहायताले फोनको लक खोल्न सकिन्छ।
याे फोनमा ८ जिबी र्याम र १२८ जिबी स्टोरेज भएकाे कम्पनीले बताएको छ। मेमोरी कार्डको सहयोगले १ जिबीसम्म बढाउन सकिन्छ।
फोनमा चारवटा क्यामरा छ। जसमा मुख्य क्यामरा ४८, वाइड एंगल लेन्स ८, सुपर वाइड एंगल ८ र २ मेगापिक्सलको डेप्थ लेन्स छ। साथै ३२ मेगापिक्सको सेल्फी क्यामरा जडान गरिएको छ।
यस फोनको सहायताबाट 'फोर-के भिडियो' खिच्न समेत सकिने कम्पनीले बताएको छ। यसमा ४१ सय एमएएचको ब्याट्री र ३३ वाटको फास्ट चार्ज सुविधा दिइएको छ।
१ सय ७१ ग्राम तौल भएको उक्त फोन सहजै पकेटमा अटाउन सकिन्छ।
यसको ३९ हजार ९ सय ९० रूपैयाँ पर्छ। उक्त फोन 'ग्र्याभिटी’ ब्ल्याक र ‘एक्युमेरिना ग्रीन’ गरी दुई रङमा पाउन सकिन्छ।