नेपाली बजारमा शाओमी, ओपो, हुवाइ, भिभो, सामसङ, रियलमी, वानप्लस, अल्काटेल, नोकिया, कलर्सलगायत विभिन्न ब्राण्डका फोन छन्। ती कम्पनीले सस्तादेखि महंगा मूल्यसम्मका फोन बजारमा ल्याएका छन्।
यहाँ १० देखि १५ हजार मूल्यका फोनबारे चर्चा गरिएको छ। उक्त मूल्यमा सामसङ, भिभो, रियलमी र ओपो गरी चार कम्पनीका फोन हाल बजारमा छन्।
सामसङ–ए०१
यो फोनमा ५.७ इञ्च डिस्प्ले जडान गरिएको छ। यसमा १३ एमपीको मुख्य क्यामरा र २ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ। सेल्फी क्यामेरा ५ एमपीको रहेको छ। ३ हजार एमएएच ब्याट्री क्षमता रहेको फोनको मूल्य १३ हजार ९ सय ९९ तोकिएको छ।
सामसङ–एम०१
यो फोनमा ५.७ इञ्च डिस्प्ले जडान गरिएको छ। यसमा १३ एमपीको मुख्य क्यामरा र २ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ। सेल्फी क्यामेरा ५ एमपीको रहेको छ। ४ हजार एमएएच ब्याट्री क्षमता रहेको फोनको मूल्य १४ हजार ९ सय ९९ तोकिएको छ।
सामसङ–ए१०एस
यो फोनमा ६.२ इञ्च डिस्प्ले जडान गरिएको छ। यसमा १३ एमपीको मुख्य क्यामरा र २ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ। सेल्फी क्यामेरा ८ एमपीको रहेको छ। ४ हजार एमएएच ब्याट्री क्षमता रहेको फोनको मूल्य १४ हजार ९ सय ९९ तोकिएको छ।
ओपो–ए१के
यो फोनमा ६.१ इञ्चको ‘वाटर ड्रप स्क्रिन’ जडान गरिएको छ। फोनमा पछाडिको क्यामेरा ८ मेगापिक्सेल र अगाडिको क्यामेरा ५ मेगापिक्सेलको रहेको छ। यसमा ४ हजार एमएएच ब्याट्री रहेको फोनको बजार मूल्य १४ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।
भिभो–वाई९०
यस फोनको डिस्प्ले ६.२२ इञ्चको रहेको छ। यसमा पछाडि ८ मेगापिक्सल र अगाडि ५ मेगापिक्सलको एक/एक वटा क्यामेरा जडान गरिएको छ। ४ हजार ३० एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले २जिबी र्याम र ३२ जिबी रोम क्षमतामा किन्न पाउने छन्। यो फोनको बजार मूल्य १४ हजार ४ सय ९० तोकिएको छ।
रियलमी–सि२
यो फोनमा ६.१ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसमा पछाडि १३ र २ मेगापिक्सेलको दुई वटा र अगाडि ५ मेगापिक्सेलको एउटा क्यामेरा राखिएको छ। जसको सहायताले प्रयोगकर्ताले उत्कृष्ट फोटो खिच्न सक्छन्।
फोनमा ४ हजार एमएएच ब्याट्री क्षमता छ। ‘रियलमी–सि२’ ग्राहकले २ जिबी/१६ जिबी, २ जिबी/३२ र ३ जिबी/३२ जिबी क्षमतामा किन्न सक्ने छन्। यिनीहरूको मूल्य क्रमशः १२ हजार ९ सय ९०, १४ हजार ९ सय ९० र १५ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।
मोडल | क्षमता | मूल्य |
सामसङ–ए०१ | २जिबी/३२जिबी | १३,९९९ |
सामसङ–एम०१ | ३जिबी/३२जिबी | १४,९९९ |
ओपो–ए१के | २जिबी/३२जिबी | १४,९९९ |
भिभो–वाइ९० | २जिबी/३२जिबी | १४,४९० |
रियलमी–सि२ | २जिबी/१६जिबी | १२,९९० |
२जिबी/३२जिबी | १४,९९० |
३जिबी/३२जिबी | १५,९९० |