नेपाली बजारमा शाओमी, ओपो, हुवाइ, भिभो, सामसङ, रियलमी, वानप्लस, अल्काटेल, नोकिया, कलर्सलगायत विभिन्न ब्राण्डका फोन छन्। ती कम्पनीले सस्तादेखि महंगा मूल्यसम्मका फोन बजारमा ल्याएका छन्। यहाँ १५ देखि २० हजार मूल्यका फोनबारे चर्चा गरिएको छ।
उक्त मूल्यमा सामसङ, भिभो, रियलमी र ओपो, हुवाइ गरी पाँच कम्पनीका फोन हाल बजारमा छन्।
हुवाइ–वाइ६ एस
६.९ इञ्च डिस्प्ले रहेको यो स्मार्टफोनको बाह्य क्षमता ३ जिबी र आन्तरिक क्षमता ३२ जिबी रहेको छ। फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा र १३ मेगापिक्सलको ब्याक क्यामेरा जडान गरिएको छ।
यसमा ३ हजार २० एमएचको ब्याट्री रेहको छ। फोनको सुरक्षाको लागि फिंगर प्रिन्ट जडान गरिएको छ। यो फोन ग्राहकले स्टेरी ब्ल्याक र अर्चिड ब्लु रङमा पाउने छन्। यसको बजार मूल्य १६ हजार ७ सय ९० छ।
रेड्मी–८ए डुअल
यो फोनको डिस्प्ले ६.२२ इञ्च रहेको छ। पछाडि १३ प्सल २ प्लस मेगापिक्सेलको दुई वटा क्यामरा जडान गरिएको छ। सेल्फी क्यामरा ८ मेगापिक्सलको रहको छ। ५ हजार एमएएच ब्याट्री क्षमता भएको यो ग्राहकले ३ जिबी र्याम ६४ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको बजार मूल्य १५ हजार ४ सय ९९ रूपैयाँ तोकिएको छ।
रेड्मी–९
यो फोनको डिस्प्ले ६.५३ इञ्च रहेको छ। पछाडि १३ प्सल १८ प्लस ५ प्लस २ मेगापिक्सलको चार वटा क्यामरा जडान गरिएको छ। सेल्फी क्यामरा ८ मेगापिक्सलको रहको छ।
५ हजार २ सय एमएएच ब्याट्री क्षमता भएको यो फोन ग्राहकले ३ जिबी र्याम ३२ जिबी रोम र ४ जिबी र्याम ६४ जिबी रोम क्षमतामा किन्न पाउँने छन्। फोनको बजार मूल्य क्रमशः १६ हजार ९ सय ९९ र १७ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
ओपो–ए५ एस
६.२ इञ्च वाटरड्रप स्क्रिन जडान भएको एफाइभएस उपभोक्ताले २ जिबी र ३ जिबी र्याममा किन्न पाउँछन्। यसको आन्तरिक क्षमता ३२ जिबी रहेको छ।
पछाडि दुई वटा क्यामरा जडित यो फोनको मूख्य क्यामेरा १३ मेगापिक्सल छ भने डेप्थ क्यामरा ५ मेगापिक्सल छ। ८ एमपीको सेल्फी क्यामरा रहेको छ।
फोनमा ४२ सय ३० एमएएचको ब्याट्री जडान गरिएको छ। यसको बजार मूल्य २ जिबीको १६ हजार ७ सय ९० र ३ जिबीको १८ हजार ५ सय ९० छ।
ओपो–ए३ एस
यस फोनमा सुपर फुल स्क्रिन प्रयोग गरिएको छ। १.८ गिगाहर्जको अक्टाकोर र ४५० को स्न्यापड्रयागन प्रोसेर रहेको छ। अनुहारको माध्यमबाट फोन अनलक गर्न सकिने छ।
सिम राख्नका लागि दुईवटा स्लट जडान गरिएको छ। फोनमा ६.२ इञ्चको फुल एचडी डिस्प्ले छ। फ्रन्ट क्यामरा ८ मेगापिक्सलको छ भने ब्याक क्यामराः १३ र २ मेगापिक्सलको छ। फोनमा २ जिबी र्याम र १६ जिबी रोम रहेको छ। ४ हजार २ सय ३० एमएएच ब्याट्री क्षमता भएको फोनको मूल्य १५ हजार ९ सय ९० छ।
ओपो–ए१२
६.२२ इञ्च वाटरड्रप स्क्रिन जडान भएको भएकाे छ। पछाडि दुई वटा क्यामरा जडित यो फोनको मुख्य क्यामरा १३ मेगापिक्सल छ भने डेप्थ क्यामरा ५ मेगापिक्सल छ। सेल्फी क्यामरा ५ एमपीको रहेको छ। फोनमा ४२ सय ३० एमएएचको ब्याट्री जडान गरिएको छ।
रियलमी–५
‘रियलमी ५’ ग्राहकले ६.५ इन्च डिस्प्लेमा पाउने छन्। यसमा चार वटा क्यामरा जडान गरिएको छ। जसमा १२ मेगापिक्सल वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सलको डेप्थ क्यामरा रहेको छ। सेल्फीको लागि ८ एमपी सेन्सर क्यामरा उपलब्ध छ।
यसमा ५ हजार एमएएच क्षमताको ब्याट्री दिएको छ। ग्राहकले यो स्मार्टफोन ३ जिबी र्याम र ६४ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको मूल्य २० हजार ९ सय ९० छ।
रियलमी–५आई
ग्राहकले यो फोन ६.५२ इन्च डिस्प्लेमा पाउने छन्। यसमा चार वटा क्यामरा जडान गरिएको छ। जसमा १२ मेगापिक्सल वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सलको डेप्थ क्यामरा रहेको छ। सेल्फीको लागि १३ एमपी सेन्सर क्यामरा उपलब्ध छ।
यसमा ५ हजार एमएएच क्षमताको ब्याट्री दिएको छ। ग्राहकले यो स्मार्टफोन ४ जिबी र्याम र ६४ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको मूल्य २० हजार ७ सय ९० रूपैयाँ छ।
भिभो–वाइ२०
यस फोनको डिस्प्ले ६.५१ इञ्चको रहेको छ। यसमा पछाडि १३ मेगापिक्सल र २ मेगापिक्सलको दुई वटा क्यामरा जडान गरिएको छ। यसको सेल्फी क्यामरा ८ मेगापिक्सल रहेको छ।
५ हजार एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले ३ जिबी र्याम र ३२ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको बजार मूल्य २० हजार ९ सय ९० छ।
मोडल | क्षमता | मूल्य |
हुवाइ–वाइ६ एस | ३जिबी/३२जिबी | १६,७९० |
रेड्मी–८ए डुअल | ३जिबी/६४जिबी | १५,४९९ |
रेड्मी–९ | ३जिबी/३२जिबी | १६,९९९ |
४जिबी/६४जिबी | १७,९९९ |
ओपो–ए५ एस | २जिबी/३२जिबी | १६,७९० |
३जिबी/३२जिबी | १८,५९० |
ओपो–ए३ एस | २जिबी/१६जिबी | १५,९९० |
ओपो–ए१२ | ३जिबी/३२जिबी | १८,५९० |
३जिबी/६४जिबी | २०,७९० |
रियलमी–५ | ३जिबी/६४जिबी | २०,९९० |
रियलमी–५आइ | ४जिबी/६४जिबी | २०,७९० |
भिभो–वाइ२० | ३जिबी/३२जिबी | २०,९९० |