एनसेल आजियाटा लिमिटेडले भैरहवामा एनसेल सेन्टर संचालनमा ल्याएको छ।
कोरोना महामारीबीच सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर उक्त सेन्टर संचालनमा ल्याइएको कम्पनीले बताएको छ।
भैरहवाको मिलनचोक–५ मा रहेको कोइराला कम्प्लेक्समा एनसेल सेन्टर संचालनमा ल्याएको हो। यसले ग्राहकलाई एकै स्थानबाट सबै सेवा दिने कम्पनीको भनाइ छ।
सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लिन सक्छन्।
यसैगरी यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्न, बिल तिर्न, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका अन्य सेवा लिन सक्छन्।
यो अवसरमा सेवा लिन सेन्टर आएका ग्राहकले कार्तिक ३० गतेसम्म विभिन्न भोलुमको डेटा प्याक उपहारस्वरुप पाउने छन्।
भैरहवा सेन्टरबाट सिम कार्ड किन्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन्। प्राप्त डेटा भोलुम बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म ७ दिनसम्म मान्य रहने बताइएको छ।
साथै सेन्टरबाट २ सय रुपैयाँको ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले पनि ७ दिनको समयसिमा रहेको १ जिबी डेटा भोलुम निःशूल्क पाउनेछन्।
त्यसैगरी, ५ सय र एक हजार रुपैयाँको ब्यालेन्स रिचार्ज गर्नेे ग्राहकले ३० दिनका लागि मान्य हुने गरी क्रमशः १ जिबी र २ जिबी डेटा पाउनेछन्।
सेन्टरबाट आफ्नो थ्रीजी सिमलाई फोरजीमा अपग्रेड गर्ने ग्राहकले पनि ७ दिनसम्म मान्य हुने १ जिबी डेटा पाउनेछन्।