नेपाल टेलिकमले 'एसएमएस प्याक' ल्याएको छ।
सामान्य बेलामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्छ। तर, टेलिकमको अटम अफर अन्तर्गतको एसएमएस प्याकमा तीन प्रकारका सहुलियत दिइएको छ। जसअनुसार ५ रुपैयाँमा २० वटा एसएमएस, १५ मा ७० वटा एसएमएस र ६० मा ३ सय वटा एसएमएस गर्न पाइन्छ।
यी प्याकको क्रमशः १ दिन, ७ दिन र २८ दिनको समयावधि तोकिएको छ।
टेलिकमका अनुसार २० वटा एसएमएसका लागि एसएमएस२०, ७० वटा एसएमएसका लागि एसएमएस७० र ३०० वटा एसएमएसका लागि एसएमएस३०० लेखेर १४१५ मा पठाउन सकिन्छ। यसैगरी *1415*1*5# डायल गरेर वा एनटी एपबाट पनि एसएमएस सेवा किन्न सकिन्छ।
पोस्टपेड प्रयोगकर्ताहरुले पोस्टपेडका विभिन्न प्याकमध्ये प्राइम, प्रिमियम, गोल्ड र डायमन्ड प्याक लिँदा एसएमएस, भ्वाइस र डाटा प्याकहरु समेत प्रयोग गर्न सक्छन्।
पोस्टपेड प्राइम प्याक लिएर २ सयवटा एसएमएस, प्रिमियम प्याक किन्दा ५ सय वटा एसएमएस र गोल्ड तथा डायमन्ड प्याक किन्दा १ हजार वटा एसएमएस पठाउन सकिने सुविधा लिन सकिन्छ।
यी एसएमएस एक महिनासम्म कुनैपनि समयमा पठाउन सकिने टेलिकमले बताएको छ।
पोस्टपेड प्याक खरिद सम्बन्धी विस्तृत जानकारी लिन आफ्नो मोबाइलमार्फत *1415*2# डायल गर्न सकिन्छ।
कर्पोरेट युजर ग्रुप (सीयूजी) अन्तर्गत रहेर पनि सहुलियत दरमा एसएमएस पठाउन सकिन्छ।