नेपाली बजारमा शाओमी, ओपो, हुवाइ, भिभो, सामसङ, रियलमी, वानप्लस, अल्काटेल, नोकिया, कलर्सलगायत विभिन्न ब्राण्डका फोन छन्। ती कम्पनीले सस्तादेखि महंगा मूल्यसम्मका फोन बजारमा ल्याएका छन्।
यहाँ ३० देखि ३५ हजार मूल्यका फोनबारे चर्चा गरिएको छ। उक्त मूल्यमा सामसङ, ओपो, हुवाइ, भिभो र रियलमी गरी पाँच कम्पनीका फोन हाल बजारमा छन्।
हुवाइ–वाइ९एस
यो फोनमा ६.५९ इञ्चको डिस्प्ले छ। फोन ६ जिबी र्याम र १२८ जिबी रोम क्षमतामा उपलब्ध छ। फोनमा पछाडि तीन क्यामरा छ। जसमा ४८ मेगापिक्सलको वाइड, ८ मेगापिक्सलको अल्ट्रा वाइड र २ मेगापिक्सलको डेप्थ क्यामरा छ।
त्यस्तै, १६ मेगा पिक्सलको सेल्फी क्यामरा छ। यसमा ४ हजार एमएएच क्षमताको ब्याट्री दिइएको छ। फोनको मूल्य बजार मूल्य ३३ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।
ओपो–ए९ (२०२०)
यो फोनमा ६.५ इञ्चको डिस्प्ले छ। फोन ८ जिबी र्याम र १२८ जिबी रोम क्षमतामा उपलब्ध छ। फोनमा पछाडि चार क्यामरा छ। जसमा ४८ मेगापिक्सलको वाइड, ८ मेगापिक्सलको अल्ट्रा वाइड र २ मेगापिक्सलको डेप्थ र २ मेगापिक्सलको म्याक्रो क्यामरा छ। त्यस्तै, १६ मेगापिक्सलको सेल्फी क्यामरा छ।
यसमा ५ हजार एमएएच क्षमताको ब्याट्री दिइएको छ। फोनको मूल्य बजार मूल्य ३३ हजार ५ सय ९० रूपैयाँ तोकिएको छ।
ओपो–एफ१७
यो फोनमा ६.४४ इञ्चको डिस्प्ले छ। फोन ४ जिबी र्याम र ६४ जिबी रोम क्षमतामा उपलब्ध छ। फोनमा पछाडि चार क्यामरा छ।
जसमा १६ मेगापिक्सलको वाइड, ८ मेगापिक्सलको अल्ट्रा वाइड र २ मेगापिक्सलको डेप्थ र २ मेगापिक्सलको म्याक्रो क्यामरा छ। त्यस्तै, १६ मेगापिक्सलको सेल्फी क्यामरा छ।
यसमा ४ हजार १५ एमएएच क्षमताको ब्याट्री दिइएको छ। फोनको मूल्य बजार मूल्य ३३ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।
रियलमी ६
यो ग्राहकले ६.५ इन्च डिस्प्लेमा पाउने छन्। यसमा चार क्यामरा छन्। जसमा ६४ मेगापिक्सल वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सलको डेप्थ क्यामरा छ। सेल्फीको लागि १६ एमपी सेन्सर क्यामरा उपलब्ध छ।
यसमा ४३ सय एमएएच क्षमताको ब्याट्री दिएको छ। ग्राहकले यो स्मार्टफोन ८ जिबी र्याम १२८ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको मूल्य ३२ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।
सामसङ–एम३१
यो फोनमा ६.४ इञ्चको डिस्प्ले छ। यसमा चार वटा क्यामरा छ। जडान जसमा ६४ एमपीको मुख्य क्यामरा, ८ एमपी अल्ट्रा वाइड, ५ एमपी म्याक्रो र ५ एमपीको डेप्थ क्यामरा छ। त्यस्तै, सेल्फी क्यामरा ३२ एमपीको छ।
६ हजार एमएएच ब्याट्री क्षमता रहेको फोनमा १५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। उक्त फोन ग्राहकले ८ जिबी र्याम १२८ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको मूल्य ३५ हजार ६ सय ९९ तोकिएको छ।
भिभो–एस१
फोनमा ६.३८ इञ्चको डिस्प्ले छ। यसमा पछाडि तिन वटा क्यामरा छ। जसमा वाइड क्यामरा १६, अल्ट्रा वाइड ८ र २ मेगापिक्सल डेप्थ क्यामरा छ। सेल्फी क्यामरा ३२ मेगापिक्सले छ।
४५ सय एमएएच ब्याट्री क्षमता रहेको यो फोनमा १८ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। यो फोन ग्राहकले ६ जिबी र्याम र १२८ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको बजार मूल्य ३१ हजार ४ सय ९० तोकिएको छ।
मोडल | क्षमता | मूल्य |
भिभो–एस१ | ६जिबी/१२८जिबी | ३१,४९० |
रियलमी–६ | ८जिबी/१२८जिबी | ३२,९९० |
हुवाइ–वाइ९एस | ६जिबी/१२८जिबी | ३३,९९० |
ओपो–ए९(२०२०) | ८जिबी/१२८जिबी | ३३,५९० |
ओपो–एफ१७ | ४जिबी/६४जिबी | ३३,९९० |
सामसङ–एम३१ | ८जिबी/१२८जिबी | ३५,६९९ |