गुगलले गुगल फोटोको ‘फ्रि स्टोरेज’ हटाउने घोषणा गरेको छ। अर्को वर्षको जुन १ देखि गुगलले यो सुविधामा रोक लगाउने बताएको हो।
अबदेखि प्रयोगकर्ताले १५ जिबी स्टोरेजको सुविधा मात्र पाउने छन्।
गुगल फोटोमा हजारौँ फोटोहरु राखिरहेका व्यक्तिको लागि यो सूचना चिन्ताजनक बनेको छ। तर यसको लागि अर्को विकल्प पनि रहेको छ।
टेक हिन्दुस्तानको अनुसार प्रयोगकर्ताले आफ्नो गुगल फोटोको स्टोरेज सकिन कति समय बाँकी छ भनेर ठ्याक्कै पत्ता लगाउन सक्ने छन्।
यसको लागि गुगल एकाउन्ट भएकाले एउटा लिंक पाउने छन्। यो लिंक क्लिक गरेपछि पेज आउँछ। जसमा स्टोरेज भरिनु अघि नै त्यसमा बाँकी रहेको समय मिति देखाउने रिर्पोटले बताएको छ।
यो अनुमानित समय प्रयोगकर्ताले फोटो अपलोड गर्ने कार्यमा निर्भर हुन्छ। त्यस कारण ठूलो फाइलको भिडियो अपलोड गरेमा स्टोरेज चाँडै भरिन्छ, तर कहिलेकाहीँ मात्र फोटो अपलोडको लागि गुगल फोटो प्रयोग गरेमा यसको स्टोरेज भरिन धेरै समय लाग्ने छ।
उक्त पेजमा फोटो र भिडियोले कति स्टोरेज ओगटेको छ समेत देखिन्छ साथै जिमेल र गुगल ड्राइभ जस्ता अन्य गुगल अनुप्रयोगले स्टोरेजमा लिएको ठाँउको विस्तृत जानकारी देखाउने छ।
यो सँगै पेजको तल्लो भागमा ‘लर्न मोर’ भन्ने अर्को बटन रहेको छ। यसबाट प्रयोगकर्ताले अर्को वर्षदेखि लागू हुने नयाँ नीति र परिवर्तनहरुबारे विवरण पाउनेछन्।