दक्षिण कोरियाली कम्पनी सामसङले दुई स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले सामसङ ग्यालेक्सी एम ४२ र एम १२ एसका लागि काम गरिरहेको भारतीय सञ्चारमाध्यम एनडिटिभी टेकले बताएको छ।
एनडिटिभीका अनुसार सामसङ यी दुई स्मार्टफोनका लागि काम गरिरहेको एक रिपोर्टको दावी छ।
कम्पनीले एम४२ बारे केही जानकारी पनि दिएको छ। एम२१ को बारे भने केही जानकारी दिएको छैन।
दक्षिण कोरियाली टेक्नोलोजी कम्पनी दिग्गजले एम सिरिजका धेरै स्मार्टफोनमा नयाँ परिवर्तन ल्याएको छ। यो वर्ष कम्पनीले नयाँ ह्याण्डसेटको लञ्च गर्ने योजना बनाएको छ।
एनडिटिभीका अनुसार एम४२ र एम१२एस स्मार्टफोन एसएम–एम४२५एफ र एसएम–एम१२७एफ मोडलमा आउने छ।
एसएम–एम४२५एफ लाई ग्यालेक्सी एम४२ नामबाट सार्वजनिक गर्न सक्ने छ। ग्यालेक्सी एम४२ ६४ मेगापिक्सलको मुख्य क्यामराका साथै १२८ जिबी स्टोरेजमा आउने छ। सफ्टवेयर निर्माणको काम सुरू गरिसकेकोले यो वर्षको अन्तिममा उक्त फोन सार्वजनिक हुन सक्ने छ।
ग्यालेक्सी एम१२एस स्मार्टफोनको बारे भने केही जानकारी आएको छैन। यो फोन इन्ट्री लेबल फिर्चसको साथ आउने कम्पनीले अनुमान लगाएको छ।