आइफोन–११ अमेरिकामा सर्वाधिक बिक्री हुने स्मार्टफोनमा परेको छ।
टेक हिन्दुस्तानका अनुसार एप्पलको यो फोन २०२० को पहिलो त्रैमासिक भित्र सबैभन्दा बढी बिक्री भएको स्मार्टफोन बनेको हो।
२०१९ मा सार्वजनिक भएको आइफोन–११ एप्पलको सस्तो आइफोनमा परेको थियो।
हालसम्म ६ सय ९९ अमेरिकी डलर मूल्य रहेको यो फोनले लगातार सर्वाधिक बिक्री भइरहने शीर्षक पाएको काउन्टरप्वाइन्ट रिसर्चले बताएको छ।
काउन्टरप्वाइन्टका वरिष्ठ विश्लेषक हनीस भाटियाकका अनुसार एप्पलले आइफोन–११ को बिक्रीलाई निरन्तर बढावा दिइरहेको छ।
आइफोन–१२ का सिरिज सार्वजनिक हुन ढिलाइ भएको बेला पनि एप्पलको बिक्री कम भएको थिएन।
विश्वव्यापी महामारीसँगै कम्पनीको मार्केट सेयर केही प्रतिशतले घटेको थियो। तर आइफोन–११ सिरिजको लगातार सफलताले गर्दा एप्पलले आफ्नो बजारको शीर्ष स्थान कायम राख्न सफल भयो।
यो सँगै एन्ड्रोइड फोनहरु मध्ये भने सामसङले अमेरिकी बजार खाइरहेको छ। सामसङको ए सिरिज फोनमा पर्ने ग्यालेक्सी नोट २० ले अन्य स्मार्टफोनहरुभन्दा राम्रो प्रदर्शन गरेको कारण यसको बिक्री बढिरहेको रिर्पोटले बताएको छ।
२०२० को पहिलो त्रैमासिक भित्र अमेरिकी बजारमा स्मार्टफोनको बिक्री ३१ प्रतिशतले वृद्धि भएको काउन्टरप्वाइन्टले जनाएको छ।
तर, महामारीको कारण यसको बजार बिक्री पहिलेभन्दा अझै ६ प्रतिशत कम रहेको देखाइएको छ।