सन् २०२२ सेप्टेम्बरमा फोल्डिङ आइफोन सार्वजनिक हुनसक्ने अनुमान गरिएकाे छ।
एप्पलको एसेम्ब्ली पार्टनर 'फक्सकन'ले एप्पलका लागि फोल्डिङ आइफोन परीक्षण गरिरहेको एप्पल इन्साइडरले जनाएकाे छ।
केही समयअघि एनरोइड फोन सामसङले फोल्डिङ फोन सार्वजनिक गरेको थियो। एप्पलले फोल्डिङ आइफोन बनाउनका लागि सामसङबाट स्क्रिन अर्डर गरेको छ।
यसैलाई आधार बनाएर फक्सकनले फोल्डिङ आइफोनमा परीक्षण गरिरहेको छ भन्न सकिने हिन्दुस्तान टेकले लेखेको छ।
चीनको संयुक्त दैनिक समाचार अनुसार एप्पलले फक्सकनलाई यसको स्क्रिन परीक्षण गर्न लगाएको छ। र, यसको क्षमता पनि परीक्षण गर्न लगाएको छ।
अन्य थुप्रै रिपोर्टहरुले यो फोल्डिङ आइफोन अर्को वर्षसम्म सार्वजनिक हुनसक्ने अनुमान लगाएको छ।
सामान्यता ल्यापटप जस्ता फोल्डिङ उपकरणहरु २० हजार देखि ३० हजारसम्म खोल्ने-बन्द गर्न मिल्ने गरी बनाइएको हुन्छ। तर अहिले परीक्षणमा रहेको फोल्डिङ आइफोन १ लाख बढी खोल्ने र बन्द गर्न मिल्ने गरी तयार हुने भनिएको छ।
यो फोल्डिङ आइफोनको डिजाइन र यसको विकासबारे भने हालसम्म कुनै जानकारी दिइएको छैन। यसमा दुईवटा स्क्रिन हुनसक्ने र यो 'माइक्रोसफ्ट सरफेस डुओ' जस्तै हुने टिप्स्टर जोन प्रोसेसर बताउँछन्।