सामसङको ग्यालेक्सी नोट सिरिज कम्पनीको प्रिमियम बजेट स्मार्टफोन मध्ये एक हो। तर, अब सामसङले आफ्ना ग्यालेक्सी नोट सिरिजको नयाँ उत्पादन रोक्ने भएको छ।
टेक हिन्दुस्तानका अनुसार कम्पनीले नयाँ ग्यालेक्सी नोट २१ का सिरिज सार्वजनिक हुने बारे अहिलेसम्म केही बोलेको छैन।
ट्वीटरमा लगातार स्मार्टफोनका सम्भावित जानकारी दिइरहने ‘आइसयुनिभर्स’ले पनि नोट २१ को सिरिज विकास बारे हाल कुनै जानकारी नभएको बताएको छ।
धेरै विश्लेषकले ‘नोट२१’ २०२१ मा सार्वजनिक हुन सक्ने स्मार्टफोनमा पर्ने अपेक्षा गरेका थिए।
सामसङले सार्वजनिक गर्न सक्ने नयाँ स्मार्टफोनमा ग्यालेक्सी-एस२१, ग्यालेक्सी-एस२१ प्लस, ग्यालेक्सी-एस२१ अल्ट्रा, ग्यालेक्सी-जेट फोल्ड ३, ग्यालेक्सी-जेट फ्लिप ३ र जेट फोल्ड एफइ पर्ने पनि बताइएको थियो।
तर, कम्पनीले भने आधिकारिक रुपमा यसबारे केही बोलेको छैन।
सामसङले वास्तवमै ग्यालेक्सी नोट सिरिज नल्याउन लागेको हो भने फोल्डएबल स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा लागेको हुने सक्ने अनुमान गरिएको छ।
सामसङले यी विषयमा आधिकारिक जानकारी भने दिएकाे छैन।