गुगलले निकालेको नयाँ फिचरमा महत्वपूर्ण गुगल मेसेज च्याटलाई ‘पिन’ गरेर राख्न मिल्ने भएको छ।
टेक हिन्दुस्तानका अनुसार पहिले नयाँ व्यक्तिसँग कुरा गरेसँगै जिमेलका पुराना मेसेजहरु तल सर्दै जान्थ्यो। जसकारण महत्वपूर्ण मेसेजहरु तलतिर पुग्थे।
अब भने गुगलको पिन गर्न मिल्ने विशेषताले यो समस्या समाधान गरिदिने भएको छ।
यस नयाँ सुविधा आएसँगै अत्यावश्यक व्यक्तिको मेसेजलाई पिन गरेर माथि राख्न मिल्ने छ। यो फिचर गुगल च्याट र ह्याङआउटमा यो विशेषता समावेश गरिएको छ।
यस विशेषता अन्तर्गत एक वा बहु प्रयोगकर्ताको मेसेज र सामुहिक प्रयोगकर्ताको मेसेजलाई पनि पिन गरेर राख्न मिल्छ।
मेसेजलाई पिन गर्ने तरिका निम्न छन्।
१ सुरुमा गुगल च्याट वा जिमेलमा साइन इन गर्ने,
२ कर्सरलाई कुराकानी गर्ने भाग अर्थात च्याट रुममा लैजाने,
३ त्यहाँ रहेका तीन गोलो अंकित बटनमा राइट क्लिक गर्ने,
४ अन्त्यमा उल्लेखित विकल्पहरुबाट ‘पिन च्याट’को विकल्पमा थिच्ने।
यसरी आफ्नो गुगल च्याट वा ह्याङआउटका विशेष र महत्वपूर्ण मेसजहरुलाई पिन गरेर माथि राख्न सकिन्छ।
यस विशेषताले समय वचत गर्ने र मेसेज खोज्नु पर्ने समस्यालाई अन्त्य गर्ने रिर्पोटले बताएको छ। त्यसैले गुगल च्याटको नियमित प्रयोगकर्ताको लागि यो फिचर उपयोगी हुने देखिन्छ।
त्यस्तै पिन गरेका मेसेज बाहेक अन्य मेसेजहरु सामान्य रुपमा नै तल सर्दै जान्छ। पिन गरिएका मेसेजलाई पिनबाट हटाउन माथिकै बुदाँहरुमा गइ ‘अन पिन च्याट’को विकल्पमा थिच्नु पर्छ।
अहिले गुगलको सीमित एपमा मात्र यो विशेषता राखिएता पनि छिट्टै गुगलका जी स्यूट बेसिक, जी स्यूट बिज्नेस, र जी स्यूट एजिकेसनमा पनि यस विशेषतालाई राखिने भएको छ।