नेपाली बजारमा शाओमी, ओपो, हुवाइ, भिभो, सामसङ, रियलमी, वानप्लस, अल्काटेल, नोकिया, कलर्सलगायत विभिन्न ब्राण्डका फोन छन्।
ती कम्पनीले सस्तादेखि महंगा फोन बजारमा ल्याएका छन्। यहाँ ४० देखि ४५ हजार मूल्यका फोनबारे चर्चा गरिएको छ। उक्त मूल्यमा ओपो र शाओमीको फोन हाल बजारमा छन्।
ओपो–एफ१७ प्रो
फोनमा ६.४३ इञ्चको डिस्प्ले छ। मोबाइलको पछाडि चार क्यामरा छन्। जसमा ४८ एमपीको मुख्य, ८ एमपीको अल्ट्रा वाइड, २ एमपीको डेप्थ र २ एमपीको म्याक्रो क्यामरा छन्।
त्यस्तै, १६ एमपीको सेल्फी क्यामरा छ। ४ हजार १५ एमएएचको ब्याट्री क्षमता रहेको फोन ग्राहकले ८ जिबी र्याम १२८ जिबी रोम क्षमतामा पाउने छन्। यसको मूल्य ४३ हजार ९ सय ९० रूपैयाँ छ।
एमआइ–नोट१० लाइट
फोनमा ६.४७ इञ्चको डिस्प्ले छ। मोबाइलको पछाडि चार क्यामरा छन्। जसमा ६४ एमपीको मुख्य, ८ एमपीको अल्ट्रा वाइड, २ एमपीको म्याक्रो र ५ एमपीको डेप्थ क्यामरा छन्।
त्यस्तै, १६ एमपीको सेल्फी क्यामरा छ। ५ हजार २ सय ६० एमएएचको ब्याट्री क्षमता रहेको फोन ग्राहकले ६ जिबी र्याम १२८ जिबी रोम र क्षमतामा पाउने छन्। यसको मूल्य ४४ हजार ९ सय ९९ रूपैयाँ छ।
मोडल | क्षमता | मूल्य |
ओपो–एफ१७ प्रो | ८जिबी /१२८जिबी | ४३,९९० |
एमआइ–नोट१० लाइट | ६जिबी /१२८जिबी | ४४,९९९ |