गुगलले हालै आफ्ना एपहरुमा थुप्रै नयाँ फिचर थपेको छ। टेक हिन्दुस्तानका अनुसार गुगल म्यापमा मात्रै कम्पनीले दुई सय ५० वटा नयाँ फिचर ल्याएको छ। जस्तैः एपका लोगोमा साना परिवर्तन ल्याउनु, प्रयोगकर्तालाई सहज पार्ने अपडेट सार्वजनिक गर्नु।
कोरोना महामारीपछि गुगलले आफ्ना एपहरुमा नयाँ सुविधा र सुधार ल्याएको हो। गुगल म्यापभित्र कोरोनासम्बन्धी थप सुविधा पनि समावेश गरिएको छ।
गुगलले बाहिर घुम्न योजना बनाइरहेका मानिसका लागि यो सुविधा सार्वजनिक गरेको बताएको छ।
उक्त एपले अब सबै क्षेत्रमा पत्ता लागेका कोरोनाका घटनाहरु र त्यस क्षेत्रका स्थानीय अधिकारीबाट पाएको कोरोनाको स्रोतको लिंक पनि देखाउने छ।
प्रयोगकर्ताले म्यापबाट नै कुनैपनि क्षेत्रमा कोरोना संक्रमितको संख्या कति छ भनेर देख्न सक्छन्। साथै गुगल म्यापले आफ्ना वरिपरिका स्थानीय यातायातमा कति भीड छ भन्ने जानकारी दिनेछ।
प्रयोगतकर्ताले समयमै आफ्नो क्षेत्रका स्थानीय बस, रेल र सबवे लाइनको हुने भीड संख्या थाहा पाउन सक्छन्।
रिर्पोटका अनुसार यी फिचरहरु विश्वका सबै आइओएस र एन्ड्रोइडका गुगल म्यापमा उपलब्ध छ।
योसँगै अमेरिका, क्यानडा, जर्मनी, अष्ट्रेलिया, ब्राजिल र भारतका गुगल म्यापका प्रयोगकर्ताले ‘टेकवाउट’ र ‘अर्डर’को प्रत्यक्ष स्थिति हेर्न सक्ने छन्।
यस फिचरले डेलिभरी आइपुग्न लाग्ने समय र त्यसको शूल्कबारे जानकरी देखाउनेछ। यो सुविधा आइओएस र एन्ड्रोइडमा गुगल म्यापबाट सामान बुक वा अर्डर गर्ने प्रयोगकर्ताको लागि मात्र हुनेछ।