नेपाली बजारमा शाओमी, ओपो, हुवाइ, भिभो, सामसङ, रियलमी, वानप्लस, अल्काटेल, नोकिया, कलर्सलगायत विभिन्न ब्राण्डका फोन छन्।
ती कम्पनीले सस्तादेखि महंगा मूल्यसम्मका फोन बजारमा ल्याएका छन्। यहाँ ४५ देखि ५० हजार मूल्यका फोनबारे चर्चा गरिएको छ।
उक्त मूल्यमा शाओमी (एमआइ,रेड्मी), सामसङ र भिभोको फोन हाल बजारमा छन्।
एमआइ–नोट१० लाइट
फोनमा ६.४७ इञ्चको डिस्प्ले छ। मोबाइलको पछाडि पट्टि चार क्यामरा छन्। जसमा ६४ एमपीको मुख्य, ८ एमपीको अल्ट्रा वाइड, २ एमपीको म्याक्रो र ५ एमपीको डेप्थ क्यामरा छन्।
त्यस्तै, १६ एमपीको सेल्फी क्यामरा छ। ५ हजार २ सय ६० एमएएचको ब्याट्री क्षमता रहेको फोन ग्राहकले ८ जिबी र्याम १२८ जिबी रोम र क्षमतामा पाउने छन्। यसको मूल्य ४९ हजार ९ सय ९९ रूपैयाँ छ।
सामसङ–ए७१
फोनमा ६.७ इञ्चको डिस्प्ले छ। पछाडि चार वटा क्यामरा छन्। जसमा ६४ एमपीको मुख्य क्यामरा रहेको छ भने १२ एमपीको अल्ट्रा वाइड, ५ एमपीको म्याक्रो र ५ एमपीको डेप्थ क्यामरा छ।
त्यस्तै, ३२ एमपीको सेल्फी क्यामरा छ। ४५ सय एमएएच ब्याट्री क्षमता रहेको उक्त फोनमा २५ वाटको फास्ट चार्जिङ सुविधा दिएको छ। यो फोन ग्राहकले ८जिबी र्याम १२८जिबी रोम क्षमतामा पाउने छन्। फोनको मूल्य ४९ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
रेड्मी–के२०प्रो
फोनमा ६.३९ इञ्चको डिस्प्ले छ। पछाडि तीन वटा क्यामरा छन्। जसमा ४८ एमपीको मुख्य क्यामरा रहेको छ भने १३ एमपीको अल्ट्रा वाइड, ८ एमपीको डेप्थ क्यामरा छ। त्यस्तै, २० एमपीको सेल्फी क्यामरा छ।
४ हजार ब्याट्री क्षमता रहेको उक्त फोनमा २७ वाटको फास्ट चार्जिङ सुविधा दिएको छ। यो फोन ८ जिबी र्याम १२८जिबी रोम क्षमतामा पाउने छन्। फोनको मूल्य ४९ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
भिभो–भि१९
फोनमो ६.४४ इञ्चको डिस्प्ले छ। पछाडि तीन वटा क्यामरा छन्। जसमा ४८ एमपीको वाइड, ८ एमपीको अल्ट्रा वाइड र २ एमपीको डेप्थ क्यामरा छ। ३२ मेगापिक्सेलको सेल्फी क्यामरा छ।
४५ सय एमएएच ब्याट्री क्षमता रहेको यो फोनमा १८ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। यो फोन ग्राहकले ८ जिबी र्याम र १२८ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको बजार मूल्य ४७ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
मोडल | क्षमता | मूल्य |
एमआइ–नोट१० लाइट | ८जिबी/१२८जिबी | ४९,९९९ |
सामसङ–ए७१ | ८जिबी/१२८जिबी | ४९,९९९ |
रेड्मी–के२०प्रो | ८जिबी/१२८जिबी | ४९,९९० |
भिभो–भि१९ | ८जिबी/१२८जिबी | ४७,९९९ |