आइफोनका ब्याट्रीमा देखिएको समस्या समाधान गर्न एप्पलले ठूलो रकम भुक्तानी गर्ने भएको छ।
टेक हिन्दुस्तानका अनुसार केही समय यता एप्पलले आफ्ना आइफोनहरु सुस्त बनाएर ब्याट्रीको आयु बढाएको आरोप लागेको थियो। यहीँ विषयलाई मिलाउन एप्पलले ११ करोड ३० लाख डलर भुक्तानी गर्ने भएको हो।
२०१७ मा एप्पलले जारी गरेको एक सफ्टवयेर अपडेटले पुराना आइफोनका प्रदर्शन सुस्त पारेको रिर्पोटले बताएको छ।
एप्पल माथि यो आरोप अमेरिकाका ३० भन्दा बढी राज्यले लगाएको थियो। जसको लागि बुधबार एरिजोनामा एप्पलले सो रकम भुक्तानी गरेको हो।
यसअघि पनि एप्पलले क्यालिफोर्नियामा लागेको ‘क्लास–एक्सन मुद्दा’ मिलाउन पाँच सय मिलियन अमेरिकी डलर भुक्तानी गर्नु परेको थियो।
एप्पलले भने पुराना आइफोनका ब्याट्री बिग्रिएर अनावश्यक 'सटडाउन' भइरहेको कारण आइफोनका प्रदर्शन सुस्त बनाएको दाबी गरेको छ। तर, आलोचकहरुले कम्पनीले उपभोक्तालाई आइफोनका नयाँ मोडल किन्न बाध्य बनाउन यस्तो कदम चालेको आरोप लगाएका छन्।
एप्पलका कपर्टिनो र क्यालिफोर्निया स्थित कम्पनीले माफि मागि सकेका छन्। कम मूल्यमै ब्याट्री बदल्न सहमत समेत भएका छन्।
एप्पलले भने अहिलेसम्म स्वयम आफ्नो गल्ती स्वीकारेको छैन।