नेपाली बजारमा शाओमी, ओपो, हुवाइ, भिभो, सामसङ, रियलमी, वानप्लस, अल्काटेल, नोकिया, कलर्सलगायत विभिन्न ब्राण्डका फोन छन्। ती कम्पनीले सस्तादेखि महंगा मूल्यसम्मका फोन बजारमा ल्याएका छन्। यहाँ ५० देखि ६० हजार मूल्यका फोनबारे चर्चा गरिएको छ।
उक्त मूल्यमा सामसङ र भिभोको फोन हाल बजारमा छन्।
भि१७ प्रो
यस फोनको डिस्प्ले ६.४४ इञ्च छ। पछाडि चार क्यामरा छन्। जसमा ४८ एमपी(मेगापिक्सल)को वाइड, ८ एमपीको अल्ट्रा वाइड, १३ एमपीको टेलिफोटो र २ एमपीको डेप्थ क्यामरा छ।
सेल्फीमा ३२ र ८ मेगापिक्सलको लेन्स छ। ४१ सय एमएएच ब्याट्री क्षमता रहेको यो फोनमा १८ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।
यो फोन ग्राहकले ८ जिबी र्याम र १२८ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको बजार मूल्य ५२ हजार ४ सय ९० रूपैयाँ तोकिएको छ।
सामसङ–नोट१० लाइट
यो फोनमा ६.७ इञ्च डिस्प्ले छ। यसमा तीन क्यामरा छन्। जसमा १२ एमपीको वाइड, १२ एमपीको टेलिफोटो र १२ एमपीको अल्ट्रा वाइड लेन्स छन्। त्यस्तै, सेल्फी क्यामरा ३२ एमपीको छ।
५ हजार एमएएच ब्याट्री क्षमता सहित २५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। यो फोन ग्राहकले ६ जिबी र्याम र १२८ जिबी रोम क्षमतामा किन्न पाउने छन्। फोनको मूल्य ५८ हजार ९ सय ९९ तोकिएको छ।