एप्पलले आफ्ना प्रयोगकर्ताको लागि आइओएसको नयाँ संस्करण जारी गरेको छ।
एप्पलले आइफोनमा भएको समस्या हटाउन नयाँ आइओएस १४.२.१ ल्याएको अमेरिकी टेक अखबार द भर्जले बताएकाे छ। द भर्जका अनुसार यसले आइफोन १२ मिनीमा देखिएकाे समस्या हटाउने छ।
एप्पलले उक्त आइफोन केही महिना अघि मात्र बजारमा ल्याएकाे थियाे। तर, छोटो समयमै प्रयोगकर्ताले यसको 'लक स्क्रिन'मा समस्या आएकाे आलोचना गरेका थिए।
प्रयोगकर्तालाई लक स्क्रिन स्वाइप गर्न र क्यामरा वा फ्ल्यासलाइट थिच्न समस्या भएको द भर्जले उल्लेख गरेको छ।
एप्पलले पछिल्लो समय मात्रै आइओएस १४.२ र आइप्याडओएस १४.२ को नयाँ संस्करण सार्वजनिक गरेको थियो।
तर, त्यसले आइफोन १२ सिरिजमा देखिएका समस्या समाधान गर्न नसक्ने भएकोले फेरि अर्को संस्करण निकालिएकाे हो।
एप्पलकाअनुसार आइओएस १४.२.१ ले 'एमएमएस मेजेस'हरु प्राप्त नहुने समस्या पनि समाधान गर्नेछ।
आइफोन प्रयोगकर्ताले नयाँ आइओएस सेटिङमा भएकाे सफ्टवेयर अपडेटबाट डाउनलोड गर्न सक्छन्।