चिनियाँ स्मार्टफोन कम्पनी भिभोले भी२० सिरिजअन्तर्गत ‘भी२०–एसइ’ नेपाली बजारमा ल्याएको छ।
कम्पनीले क्यामरा र डिजाइनलाई बढी महत्व दिएकोले यो फोन भिडियोग्राफी वा फोटोको शोख हुनेलाई उपयोगी हुने देखिन्छ।
युवापुस्ता, सेल्फी प्रेमी र नयाँ फोटोग्राफी ट्रेन्डलाई ध्यानमा राखी उक्त फोन डिजाइन गरिएको कम्पनीले बताएको छ।
यसका मुख्य फिचरबारे यहाँ चर्चा गरिएको छः
डिजाइन
‘भी२०–एसइ’मा सिल्क म्याजिकल डिजाइन गरिएको छ। फोनमा ६.४४ इञ्च डिस्प्ले छ। जसबाट प्रयागकर्तालाई फिल्म हेर्न तथा गेम खेल्न मजा आउँछ।
फोनमा ८जिबी र्याम र १२८जिबी रोम स्टोरेज रहेको छ। यसमा डिस्प्ले फिङ्गर प्रिन्ट विशेषता पनि रहेको छ।
फोन अनलकको लागि कम्पनीले एड्भान्स टेक्नोलोजी प्रयोग गरेको छ। डिस्प्लेमा थोरै स्पर्श गर्दा पनि सजिलै अनलक हुन्छ।
ब्याट्री
फोनमा ४१ सय एमएएच ब्याट्री क्षमताका साथै ३३ वाटको फास्ट चार्जिङ सुविधा दिएको छ। धेरै क्षमता ब्याट्री र फास्ट चार्जिङ सुविधाले प्रयोगकर्तालाई दैनिक फोन चार्ज गरिरहनु पर्दैन।
उनीहरूले चाहेका सबे एप चलाउन सक्छन्। ब्याट्री सकिन्छ कि भन्ने चिन्ता प्रयोगकर्तालाई हुँदैन।
यो फोन ३० मिनेटमा ६२ प्रतिशत रिचार्ज हुन्छ भने एक घण्टा भन्दा कम समयमै फुल चार्ज हुन्छ।
क्यामरा
क्यामरा ‘भी२०–एसइ’को मुख्य विशेषता हो। ग्राहकले यो फोनमा ४ क्यामरा पाउँछन्। जसमा ४८ मेगापिक्सलका वाइड, ८ मेगापिक्स अल्ट्रा वाइड र २ मेगापिक्सलको डेप्थ क्यामरा छ। त्यस्तै ३२ मेगापिक्सलको सुपर नाइट सेल्फी क्यामरा छ।
जसको सहायताले कम्पनीले रातको समयमा वा अध्याँरो ठाउँमा पनि स्पष्ट फोटो खिच्न सक्छन्। सुपर नाइट सेल्फी प्रविधिले अध्यारो ठाउँलाई उज्यालो बनाउँछ
यसमा जडान गरिएको औरा स्क्रिन लाइटले रातको समयमा सेल्फी लिँदा चहकिलो फोटा खिच्छ। क्यामरामा भएको एआई फेस ब्युटी क्यामराले मानिसको सुन्दरतामा अझ निखारता ल्याउँछ।
रङ र मूल्य
ग्राहकले यो फोन ग्याभिटी ब्ल्याक र अक्सिजन ब्लु गरी दुई रङमा पाउँछन्। फोनको मूल्य ३९ हजार ९ सय ९९ रूपैयाँ छ।
भिभो एस सिरिजमा ग्राहकले भिभो–एस१प्रो पनि किन्न पाउँछन्। उक्त फोन कम्पनीले केही महिनायता ल्याएको थियो। यसका मुख्य विशेषता निम्न छन्ः
मोडलः ‘भिभो–एस१प्रो’
डिस्प्लेः ६.३८
क्यामराः यसमा पछाडि ४८/८/२/२ मेगापिक्सको चार क्यामरा छ भने ३२ मेगापिक्सलको सेल्फी छ।
स्टोरेजः ८जिबी/१२८जिबी
ब्याट्रीः ४५ सय एमएएच
मुल्यः ३६,७९०