केही समययता सामसङले ग्यालेक्सी नोट सिरिजका उत्पादन रोक्ने हल्ला चलिरहेको छ। योसँगै सामसङले फोल्डएबल फोन ल्याउन सक्ने चर्चा चल्न थालेको छ।
टेक हिन्दुस्तानका अनुसार सामसङले ग्यालेक्सी जेड फ्लिप जस्तै अर्को नयाँ सस्तो फोल्डएबल फोन ल्याउने तयारी गरिरहेको छ।
सामसङ ग्यालेक्सी जेड फ्लिप एन्ड्रोइड फोन हो, जुन सामसङले ग्यालेक्सी जेड सिरिज अन्तर्गत उत्पादन गरेको थियो। यो फोल्डएबल फोन कम्पनीले यहीँ वर्षको फ्रेबुअरी तिर सार्वजनिक गरेको हो।
उक्त फोल्डएबल फोनको राम्रो सुरुवात पछि सामसङ फेरि यो जस्तै अर्को नयाँ उत्पादनमा लागेको हुनसक्ने टेक हिन्दस्तानले बताएको छ।
स्मार्टफोनबारे अफवाह फैलाउने लिक्सटर नामक ट्विटर ह्यान्डले पनि नयाँ सामसङ ग्यालेक्सी जेड फ्लिप लाइट आउने सक्ने बताएको छ।
लिक्सटरका अनुसार सामसङ ग्यालेक्सी जेड फ्लिप लाइट अन्य पुराना मोडल भन्दा धेरै उत्पादन हुन सक्छ र यो स्मार्टफोनमा 'अल्ट्रा थिन ग्लास' हुनेछ।
लिक्सटरले यो स्मार्टफोनको निर्माण भइरहेको छ वा छैन भन्ने कुरा भने खुलाएको छैन।
सामसङले हालसालै अरु कुनै स्मार्टफोन सार्वजनिक नगरेकाले फोल्डएबल स्मार्टफोनका हल्ला सत्य हुनसक्ने बताइएकाे छ।
अहिलेसम्म फोल्डएबल स्मार्टफोन उत्पादन गर्ने कम्पनीमध्ये सामसङ, मोटोरोला र हुवावे शीर्ष स्थानमा रहेको टेक हिन्दुस्तानले बताएको छ।