‘फोन–पे’ले आफ्ना प्रयोगकर्ता तथा मर्चेन्टहरुलाई लक्षित गर्दै ‘क्यूआरमा उपहार’ योजना सार्बजनिक गरेको छ।
‘फोन–पे’का प्रयोगकर्ता र मर्चेन्टहरुलाई क्यूआर मार्फत भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यले उपहार योजना ल्याइएको हो।
उपहार योजना अनुसार दैनिक ५ जना प्रयोगकर्ता र मर्चेन्टले एक हजार, हरेक हप्ता २ जना प्रयोगकर्ता र मर्चेन्टले १० हजार, हरेक महिना एक जना प्रयोगकर्ता र मर्चेन्टले एक लाख रूपैयाँ जित्न सक्नेछन्।
त्यस्तै, प्रयोगकर्ता र मर्चेन्ट दुवैले एक/एक वटा यमाहाको रेजेडआर आइ १२५ एफ वान स्कुटर जित्न सकिने कम्पनीले बताएको छ। याे योजना मंसिर ८ देखि माघ ११ गतेसम्म सञ्चालन हुनेछ।
‘फोन–पे’सँग आवद्ध बैंक तथा इसेवाको मोबाईल बैंकिङबाट प्रयोग गर्ने प्रयोगकर्ताहरु यस उपहार योजनामा सहभागी हुन पाउने छन्।