अमेरिकाको ब्रिघंम योङ विश्वविद्यालयका शोधकर्ताहरुको रिर्पोट मान्ने हो भने हरेक प्रयोगकर्ताले औसत एक दिनमा ३५ मिनेट समय फेसुबकमा बिताउने गर्छन्। तर त्यो समय उनीहरुले फेसबुकमा के गर्न खर्च गर्छन त ?
सो सोधकर्ताको टोलीले प्रयोगकर्ताको रुचीका आधारमा चार प्रकारमा विभाजन गरेको छ।
उनीहरुका अनुसार पहिलो श्रेणीका प्रयोगकर्ता भर्चुअल भन्दा फेसबुकमार्फत नजिकका साथीभाई तथा आफन्तसँगको सम्बन्ध मजबुत पार्न कोसिस गर्छन्। यी समुहका प्रयोगकर्ताहरु अरुका पोष्टहमा कमेन्ट गर्न मन पराउँछन् भने फेसबुकको म्यासेन्जर जस्ता फिचर्सहरुको अधिकतम् प्रयोग गर्ने गर्छन्।
द्रोश्रो थरीका प्रयोगकर्ताहरु आफ्नाबारेका सबैजसो जानकारीहरु फेसुबकमा पोष्ट गर्ने गर्छन्। त्यस्तै, उनीहरु दैनिक जीवनमा घटेका घटना, मन परेका वा नपरेका कुराहरु पनि तत्काल सेयर गर्ने गर्छन।
त्यस्तै तेश्रो थरीका प्रयोगकर्ता भने फेसुबकमा आफ्नो बारेमा प्रचार गर्नमा माहिर हुन्छन्। यिनीहरु नियमित फोटो, भिडियो तथा स्टाटस पोष्ट गरेर अरुको ध्यान आफूमा केन्द्रीत भइरहोस भन्ने चाहान्छन्। यिनीहरुलाई जति धेरै नोटिफिकेसन आयो उति धेरै रमाइलो लाग्ने गर्छ।
तर चौथौ थरीका प्रयोगकर्ता भने आफ्नोबारेमा फेसबुकमा पोष्ट गर्नु रुचिकर ठान्दैनन्। उनीहरु फेसबुकलाई सामाजिक दायित्वका रुपमा लिन्छन् ज्यादा समय अरुले के पोष्ट गरे भनी तीनमा लाइक तथा कमेन्ट गर्नमै ज्यादा समय खर्च गर्छन्।
एजेन्सीहरुको सहयोगमा