२ नम्बर प्रदेशका आठ जिल्लामा सरकारले तीब्रगतिको इन्टरनेट सेवाको लागि पूर्वाधार निर्माण गर्ने भएको छ। दूरसंचार प्राधिकरणले उक्त प्रदेशका आठ जिल्लालाई दुई प्याकेजमा विभाजन गरी ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्न लागेको जनाएको छ।
मोहत्तरी, धनुषा, सप्तरी र सिराह एउटा प्याकेज त्यस्तै बारा,पर्सा, सर्लाही र रौतहट अर्को प्याकेजमा गरी ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्न प्राधिकरणले बोलपत्र आब्हान गरेको छ।
इन्टरनेट सेवाप्रदायकहरुले बनाउने त्यस्तो पूर्वाधार बनिसकेपछि उक्त क्षेत्रमा दुईवर्षसम्म इन्टरनेट निशुल्क हुने बताइएको छ।