विश्व बजारमा निकै रुचाइएको ‘नोकिया सिक्स’ नेपाली बजारमा भित्रिएको छ। यससँगै ब्राण्डका सबै फोन नेपाली बजारमा उपलब्ध भएका छन्।
नेपालका लागि नोकियाको आधिकारिक वितरक प्यारामाउण्ट इलेक्ट्रोनिक्सले नोकिया सिक्स भित्र्याएको हो। इलेक्ट्रोनिक्सका नेसनल सेल्स म्यानेजर राजकिरण शर्माले फोन आइपुगेको जानकारी दिए।
उनका अनुसार फोनको बजार मूल्य २५ हजार ६ सय निर्धारण गरिएको छ। नेपाली उपभोक्ताले नोकियालाई निकै मन पराएको उनले बताए। ‘यो फोनको पनि उच्च माग छ विश्वका सबै बजारमा उपलब्ध नभइसके पनि हामीले पर्याप्त मात्रामा ल्याइएका छौँ’ उनले भने।
एन्ड्रोइड ७.१.१ नोगट भर्सनसहित भएको यस फोनमा क्वाल्कम स्नापड्रागन ४३० चिप्सेट तथा १.४ गिगाहर्जको अक्टाकार प्रोसेसर समावेश छ।
फोनमा ५.५ इन्चको गोरिल्ला ग्लास ३ सहितको मेटालिक बडीको फुल एचडी डिस्प्ले छ।
३ जिबी र्याम तथा ३२ जिबी (२५६ जिबीसम्म बढाउन मिल्ने) इन्टरनल मेमोरी रहेको फोनमा फास्ट चार्जिङ अप्सनका साथ ३ हजार एमएएचको ब्याट्री क्षमता छ।
फोनमा १६ मेगापिक्सेलको रियर तथा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। यो फोन पाँच कलरमा उपलव्ध छ। मेट र आर्ट ब्ल्याक, कपर, ब्लु र सिल्भर कलरमा उपलव्ध छ। यो बाहेक नोकियाका यी सेटहरु बजारमा उपलब्ध छन्ः
नोकिया ३३१०यस फोनमा २ दशमलव ४० इन्चको डिस्प्ले, १६ एमबी स्टोरेज क्षमता रहेको छ। २ मेगापिक्सेलको रियर क्यामेरा रहेको यस सेटमा १२०० एमएएचको ब्याट्री रहेको छ।
त्यस्तै ब्लुटुथ, एफएम, दुई सिम लगायतका फिचर्स समावेश छन्। फोनको बजार मूल्य ५ हजार २ सय ५० तोकिएको छ।
नोकिया थ्री५ इन्चको टच स्क्रिन रहेको यस एन्ड्रोइड फोनमा ७.० नोगाट भर्सनका साथै १.४ कोर्टेक्स ए¬ ५३ गिगाहर्जको प्रोसेसर रहेको छ।
त्यस्तै २ जिबी र्याम र १६ जीबी इन्टरनल मेमारी छ। रियर तथा सेल्फी दुबै ८ मेगापिक्सेलको अटोफोकससहितको क्यामेरा भएको यस फोनमा २६५० एमएएचको ब्याट्री समावेश गरिएको छ।
यस फोनको बजार मूल्य १५ हजार ६५० रुपैयाँ निर्धारण गरिएको छ।
नोकिया फाइभ५.२ इन्चको टच स्क्रिन रहेको यो फोन एन्ड्रोइड ७.१ नोगाट भर्सनको हो।
अक्टाकोर १.४ गिगाहर्ज कोर्टेक्स¬ए ५३ स्नापड्रागन ४३० प्रोसेसर भएको यस सेटमा २ जीबीको र्याम तथा १६ जीबी इन्टरनल मेमोरी प्रदान गरिएको छ।
साथै, फेस डिटेक्सनसहितको १३ मेगापिक्सेलको अटोफोकस रियर तथा ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको यस फोनमा ३००० एमएएच ब्याट्री समावेश गरिएको छ।
फोनको बजार मूल्य २१ हजार ३५० रहेको छ।