आर्थिक वर्ष २०७३÷७४ मा सबैभन्दा बढी कर तिर्ने कम्पनीमा निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक एनसेल एक नम्बरमा रहेको छ। अर्थ मन्त्रालयका अनुसार एनसेलले सरकारलाई १४ अर्ब ५८ करोड रुपैयाँ कर तिरेको छ।
मन्त्रालयका अनुसार गत आवमा बुझाएको करमा एनसेलले टेलिया कम्पनीका तर्फबाट तिरेको पुँजीगत लाभकर अर्थात अग्रिम कर कट्टीको बाँकी १३ अर्ब ६० अर्ब रुपैयाँ भने समाबेश गरिएको छैन । दुवै कर जोड्ने हो भने गत आवमा उक्त कम्पनीले सरकारलाई २८ अर्ब १८ करोड रुपैयाँ पुग्छ।
एनसेलले आव २०७२÷७३ एनसेलको सेयर स्वामित्वमा परिवर्तन पश्चात ९ अर्ब ९६ करोड अग्रिम कर कट्टी गरी बुझाएको थियो र पछि ठूला करदाता कार्यलयले त्यो अपुग भएको निक्र्योल गरेपछि अग्रिम कर कट्टी बापत थप १३ अर्ब ६० करोड बुझाएको थियो ।
उत्पादन मुलक उद्योग क्षेत्रको सबै भन्दा ठूलो करदाता सूर्य नेपाल, नेपाल टेलिकमलाई उछिन्दै तेस्रोबाट दोस्रो ठूलो करदाता भएको छ । सूर्य नेपालले गत आवमा १४ अर्ब ९ करोड कर तिरेको थियो भने नेपाल टेलिकमले १३ं अर्ब ४८ करोड राजश्व सरकारी योगदान गरेको थियो।