इक्वेटेड भेन्चरर्सले नेपाली सर्च इन्जिन
‘भेटिन्छ डट कम’ संचालनमा ल्याएको छ। यो सर्च इन्जिनकमा सबै प्रकारका ब्यवसायको जानकारी उपलब्ध हुने कम्पनीले जनाएको छ।
यसमा नेपालका सबै प्रकारका ब्यवसायको सूचना समावेश गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रशान्त पौडेलले जानकारी दिए।
ब्यवसायीले आफ्नो कम्पनीको नाम, ठेगाना, इमेल, फोन नम्बर लगायतको विवरण राख्दा भेटिन्छ डटकममा उसको मिनी वेवसाइट बन्ने पौडेलले जानकारी दिए। यसमा ब्यवसायीले आफ्नो ब्यवसायलाई लिस्टिड गराउन सक्ने छन्।
‘हामी भेटिन्छ डटकमलाई ब्यवसायीलाई आफ्नो ग्राहकहरुसँग पुग्न सकिने प्लेटफर्मका रुपमा विकास गर्न चाहन्छौ, उनले भने। यसमा एक लाखभन्दा बढी ब्यवसायको विवरण समावेश गरिएको छ, यसले नेपालबारे सम्पूर्ण जानकारी उपलब्ध गराउने छ’ पौडेलले भने।
ब्यवसाय गर्न चाहनेहरुलाई यसले सघाउने कम्पनीको बिश्वास छ। यसले काठमाडौंमा मुख्य कार्यालय राखेर तथ्यांक संकलन गरिरहेको छ। छिट्टै नेपालकाअन्य सहरहरु बुटवल, नारायणगढ, पोखरा र विराटनगरमाशाखा स्थापना गर्ने प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए।
कम्पनीले कुनै ब्यवसायबारे जानकारी खोज्ने ग्राहकलाई फोनबाट जानकारी उपलब्ध गराउँछ। कम्पनीले यसकालागि टोल फ्रिनम्बरको पनि ब्यवस्था गरेको छ । जो सुकैले पैसा नलाग्ने नम्बर १६६००१०२०३० मा फोन गरेर आफूलाई चाहिने जानकारी खोज्न सक्नेछन्।