सामसङले ‘एस एट’ र ‘एस एट प्लस’ को खरिदमा सात हजार क्यास ब्याक दिने भएको छ। यो क्यास ब्याक अफरपछि अब ग्राहकले एस एट किन्दा ८१ हजार ९ सय र एस एट प्ल्स किन्दा ९१ हजार ९ सय तिरे पुग्छ।
साथै कम्पनीले ‘अनबक्स ८ बेनेफिट’ अफर दिने भएको छ। त्यस्तै यी दुई मोबाइलको खरिदमा शिखर इन्स्योरेन्सको सहकार्यमा ‘ब्रेकेज इन्स्योरेन्स’ को सुविधा दिइएको छ। जस अन्र्तगत ६ महिनासम्म फोनमा टुट्फूट भए कम्पनीले निशूल्क रुपमा बनाइदिनेछ।
फोन किन्दा प्रति महिना एक जिबि दरले निशूल्क ८ जीबी एनसेलको डाटा तथा ५ हजार ८ सय रुपैयाँ बराबारको वायरलेस चार्जरमा ५० प्रतिशत छुट प्रदान गरिएको छ।
त्यस्तै ‘एस एट प्ल्स’ अब भने अर्किड ग्रे तथा ‘एस एट’मा कोरल ब्लु कलर थपिएको छ। ‘एसमएस एण्ड वीन’ अफर अन्र्तगत खरिदकर्ताले मोबाइल किनेपछि एसएमएस पठाए बापत एक सय वा एक हजारको रिचार्ज वा फोन किन्दा ५० वा शत प्रतिशतको छुट समेत प्राप्त गर्न सक्नेछन।
यो अफर अगस्ट महिनाभरी रहने सामसुङले जनाएको छ।