एक रिपोर्टका अनुसार विश्व जनसंख्याको करिब ४० प्रतिशतले सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको पाइएको छ।
‘हुटसुइट’ र ‘वि आर सोसल’ले संयुक्त रुपमा तयार पारेको ‘दि नेक्स्ट् वेभ’ नामक अनलाइनले प्रकाशित गरेको सो रिपोर्टले हालको विश्व जनसंख्या ७.५२४ बिलियन (आँकलन गरिएको) मध्ये ३.०२८ बिलियनले सामाजिक सञ्जालहरुको प्रयोग गर्ने जनाएको छ।
यी मध्ये ३७ प्रतिशत अर्थात २.७८० बिलियन प्रयोगकर्ताले सामाजिक सञ्जाल चलाउन मोबाइलको प्रयोग गर्ने गर्छन्। कुल जनसंख्याको ५१ प्रतिशत अर्थात ३.८१९ बिलियन मानिस इन्टनेटको पहुँचमा छन्।
त्यस्तै, सामाजिक सञ्जालहरुमा सबैभन्दा धेरै सक्रिय मासिक प्रयोगकर्ता हुनेमा फेसबुकको करिब २.०४७ बिलियन, युटुबको १.५० बिलियन, ह्वाट्स्यापको र फेसबुक म्यसेन्जरको १.२० बिलियन संख्या रहेको छ।