नेपाल टेलिकमले चालु आर्थिक वर्षमा गुणस्तर सुधार, पूर्वाधार निर्माण तथा सेवा विस्तारको लागि २२ अर्ब रुपैयाँ लागनी गर्ने भएको छ। चालु वर्षभित्र विभिन्न सेवा सुदृढीकरणको लागि पूर्वाधारमा लगानी गरिने टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीले जानकारी दिइन्।
सामाजिक उत्तरदायित्वसँगै बजारमा प्रतिस्पर्धी बन्नको लागि आक्रमकरुपमा जाने उद्देश्यसहित विभिन्न सेवामा टेलिकमले लगानी गर्ने भएको छ।
चालु वर्षभित्र एक करोड जीएसएम प्रोजेक्ट अन्तर्गतका कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको र ग्राहकहरुलाई रुची र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्रदान गर्नका लागि फोरजी एलटीईको बोलपत्र आह्वान गर्ने कार्य अन्तिम चरणमा पुगेको राजभण्डारीले जानकारी दिइन्।
सेवा विस्तार तथा गुणस्तर सुधार गरी गत वर्षकमो तुलनामा १७ प्रतिशत ग्राहक बढाउने र समग्रमा कम्पनीको नाफा पनि बढाउने लक्ष्य लिइएको उनले जानकारी दिइन्।
हाल पोखरा र काठमाडौंमा मात्र सिमित फोरजी सेवालाई अन्य सहरमा विस्तार गर्न टेन्डर आब्हानको अन्तिम चरणमा रहेको र चालु वर्षभित्रै कम्तिमा पनि सबै उपमहानगरपालिकामा सेवा विस्तार गरिसक्ने टेलिकमको योजना रहेको छ।
त्यस्तै टेलिकमको हालको ल्यान्डलाइनका तारहरुलाई वेब वेस(आइपी)मा रुपान्तरणको कार्यत्रलाई निरन्तरता दिने बताएको छ। ्र६ लाख ८१ हजार ग्राहक रहेको यो सेवामा हालसम्म ३४ हजार ग्राहकहरुलाई आइपी बेसमा रुपान्तरण गरिएको र चालु वर्षभित्र एक लाख ३४ हजार पु¥याइने राजभण्डारीले जानकारी दिइन्। टेलिकमले काठमाडौंका नक्साल, चावहिल, सुन्धारा र पाटन क्षेत्रमा फाइबर टु होम सेवा विस्तार गर्ने अन्तिम चरणमा रहेको र चालु वर्षभित्र एक लाख ग्राहक पु¥याउने लक्ष्य लिएको छ।
चालु वर्षभित्रै उपभोक्तहरुलाई सस्तोमा मोबाइल इन्टरनेट दिनको लागि विभिन्न स्किम तथा प्याकेज ल्याउने सँगै मोबाइल मनि पनि सुरु गर्ने गृहकार्य भइरहेको बताएको छ। टेलिकमले ग्राहकहरुका गुनासो सुन्ने र तत्काल सम्बोधन गर्नको लागि एकाइ नै बनाएर काम गरिरहेको र आगामी दिनमा उक्त एकाईलाई स्रोतसाधन सम्पन्न बनाइने राजभण्डारीले जानकारी दिइन्।
यसैबीच टेलिकमले सर्वसाधारण नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको एक सय वर्ष पूरा (२०७४ जेठ १ गते) भएको उपलक्ष्यमा कम्पनीको सेवा, सुविधा सम्बन्धमा आमसञ्चार माध्यममा २०७३ सालमा प्रकाशितरप्रसारित समाचार सामग्री मध्ये उत्कृष्ट सामग्री छनोट गरी सञ्चारकर्मीलाई सम्मान गरेको छ। संचार मन्त्रीले नागरिक दैनिकका सन्तोष न्यौपाने र सन्तोष पोखरेललाई सयुक्त रुपमा र गोरखापत्रका विश्वास रेग्मीलाई संचार मन्त्री मोहनबहादुर बस्नेतले सम्मान गरेका थिए।
गत वर्षको जेठ मसान्तसम्म टेलिकमका ग्राहक १ करोड ७४ लाख ४२ हजार ९२२ रहेका छन्। जसमा ८३ लाख ९५ हजार इन्टरनेट ग्राहक पुगेका छन्। कम्पनीले गत वर्ष ४४ अर्बको आम्दानी अनुमान गरेको छ भने १५ अर्ब नाफा आर्जन हुने प्रक्षेपन गरेको छ।