क्यामेरा फोन ब्राण्ड ओप्पोले आफ्नो एफथ्री मोडल अन्तर्गत ‘एफसी बार्सिलोना’ लिमिटेड एडिशन सार्वजनिक गर्ने भएको छ।
मिड रेञ्ज्ड बजार लक्षित अत्याधुनिक प्रविधि, नवप्रबर्तनात्मक फिचर्सका साथै आकर्षक स्पोर्टी लुक्स र डिजाइनले सुसज्जित लिमिटेड एडिशनको मूल्य ३४ हजार ९ सय ९० निर्धारण गरिएको छ। दूई ओटा फ्रण्ट क्यामेरा सहितको फोनमा सेल्फीका लागि १६ मेगापिक्सेल क्षमताको र सामुहिक सेल्फीका लागि वाइड एंगल लेन्सको ब्यवस्था गरिएको छ।
फोनमा रहेको रातो र सुनौलो रंगको संयुक्त प्रयोगले एफसी बार्सिलोनाको बिम्ब दिनुका साथै जीवन्त यूवा फेशनको प्रतिनिधित्व समेत गर्छ।
केही समय अगाडि मात्रै सार्वजनिक गरिएको ओप्पो एफथ्री कै ‘ब्ल्याक लिमिटेड एडिशन’को सफलता पछि कम्पनीले भित्र्याउन लागेको यो दोस्रो लिमिटेड एडिशन हो।
सार्वजनिक गर्न लागिएको नयाँ फोनमा गोल्ड प्लेटेड ब्याण्ड्स र एफसी बार्सिलोना लोगोलाई सुहाउने गरी ‘बार्सा रेड’लाई मुख्य रंगका रुपमा प्रयोग गरिएको छ। रातो र सुनौलो रंगको आकर्षक सम्मिश्रणले फोनलाई फेशनेबल तथा आकर्षक लुक्स प्रदान गरेको छ।
ओप्पोले एफथ्री एफसी बार्सिलोना लिमिटेड एडिशनको माध्यमबाट आफ्ना उपभोक्ता र विशेष गरी खेल प्रेमी यूवासँगको सम्बन्ध थप प्रगाढ गर्ने लक्ष्य लिएकोे छ। यो एडिशन भदौ ३ देखि देशभरका प्रमुख विक्री केन्द्रहरु मार्फत उपलब्ध हुनेछ।
‘नेपालमा उपस्थिति जनाएको छोटो अवधिमै उपभोक्ताद्वारा प्राप्त उत्साहजन प्रतिक्रिया र मायाका लागि हामी आभारी छौँ’ एफथ्री एफसी बार्सिलोना लिमिटेड एडिशनको घोषणा गर्दै ओप्पोका लागि प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने ‘उपभोक्ताको माया र सहयोगले नै हामीलाई आज नेपाली स्मार्टफोन बजारमा एक प्रमुख स्मार्टफोन ब्राण्डका रुपमा स्थापित गरेको छ।’
एफथ्रीमा १÷३ ईञ्च सेन्सर र पीडीएएफ प्रविधि सहितको १३ मेगा पिक्सेल क्षमताको रियर क्यामेरा छ। साथै, कलर ओएस ३.० मा आधारित एफथ्रीमा ओक्टा–कोर प्रोशेसर र झञ्झट रहित तिब्र कार्य प्रदर्शनीका लागि ४ जीबी ¥याम र ६४ जीबी रोम उपलब्ध छ। फोनमा एकै पटक दूई ओटा नानो सिम र माइक्रोएसडी कार्ड प्रयोग गर्न सकिने ट्रिपल स्लोट कार्ड ट्रे पनि छ। प्रयोगकर्ताले फोनको प्रयोग लामो समयसम्म निरन्तर गर्न सकुन् भन्ने सोचका साथ यसमा ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । प्रत्यक्ष प्रयोग मार्फत गरिएको परिक्षणमा ब्याट्रीले लगातार १५ घण्टा सम्म काम दिएको कम्पनीको दावी छ।