नोकिया फोन उतपादक कम्पनी एचएडी ग्लोबलले ‘फ्ल्यागसिप’ अन्तर्गतको नयाँ फोन नोकिया एट सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको यस फोनमा ५.३ इन्चको क्युएचडी टुके डिस्प्लेसहित कर्निङ गोरिला ग्लास समावेश गरिएको छ।
एन्ड्रोइड नोगट ७.१.१ भर्सन भएको यस फोनमा क्वालकम स्नापड्रागन ८३५ तथा १.८ गिगाहर्ज क्वाडकोर प्रोसेसर छ।
४ जीबीको र्याम र ६४ जीबीको इन्टरनल स्टोरेज क्षमता रहेको यस फोनलाई मेमोरी कार्डमार्फत २५६ जीबीसम्म बढाउन मिल्छ।
फोनमा जेइस अप्टिक लेन्स एफ२ अपेचर प्रयोग गरिएको रियर तथा सेल्फी दुबै क्यामेरा १३ मेगापिक्सेलका छन्।
यसका दुबै क्यामेराले ‘लो लाइट’ मा समेत उत्कृष्ट फोटो खिच्न सक्छ भने ४के क्वालिटिमा भिडियो रेकर्ड गर्न सकिन्छ।
त्यस्तै फोनमा ‘डुअल साइट मोड’ मार्फत एकै पटकमा दुई क्यामेराको प्रयोग गर्न सकिन्छ। विशेष गरी यो फिचर्स भिडियो, तस्बिर तथा फेसबुक लाइभ गर्दा थप सहज होस भन्ने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ।
फोन पोलिस्ड् ब्लु, टेम्पर्ड ब्लु, स्टील तथा टेम्पर्ड कपर गरी चार भिन्न कलरमा उपलब्ध छ।
३०९० एमएएचको ब्याट्री क्षमता भएको होनको मूल्य ६०० युरो अर्थात ७२ हजार ५ सय तोकिएको छ।
नेपाली बजारमा भने यो फोन एक महिनापछि मात्र आउने बताइएको छ।