चालु अंग्रेजी वर्षको पहिलो ८ महिनामा विश्वभरी ३६ करोड ६० लाख स्मार्टफोन विक्री भएको छ।
सूचना प्रविधि सम्बन्धी अनुसन्धान गर्ने अमेरिकी फार्म ‘गार्टनर’ ले जनाए अनुसार २०१७ को अगस्टको २० सम्ममा सो संख्या बराबर फोनहरु विक्री भएका हुन्। यो संख्या गत वर्षको पहिलो ८ महिनाको दर भन्दा ६.७ प्रतिशतले बढी हो।
स्मार्टफोनमा पनि सामसङको नोट सेभेनमा आएको समस्याले केही समय ओरालो लागेको विक्रीदर उसका दुई फोन ‘एस एट’ र ‘एट एट प्लस’ सार्वजनिक भएपछि भने ७.५ प्रतिशतले बढेको छ।
आइफोनको भने यस अवधिमा ०.२ प्रतिशतले विक्री बढेको छ।
सामसङको हालको बजार हिस्सामा हुवावे, ओप्पो तथा भिभो जस्ता चिनिया ब्राण्डका फोनहरुले चुनौती दिइरहेको गार्टनरले दाबी गरेको छ।