लगनखेलस्थित ललितपुर मलको दोस्रो तलामा नौलो प्रविधि अपनाएर मोबाइलको बिक्री वितरण सुरु गरिदैछ । स्ट्यान्र्ड चार्टड बैंकको आकर्षक जागिर त्याग्दै व्यवसाय सुरु गरेका निरज सापकोटाले ग्राहकलाई सस्तो मूल्यमा मूल्यमा विश्वबजारका सवैजसो ब्राण्डहरु उपलब्ध गरिने जानकारी दिए। भदौ १६ बाट सुरु हुने टेलि इनोभेसन मल्टिब्रान्ड मोबाइल हब संचालन गरिने सापकोटाले जानकारी दिए।
टेलि इनोभेसनको शुभारम्भको उपलक्ष्यमा भादौ १६ देखि असोज ९ गतेसम्म ५ प्रतिशत देखि ५० प्रतिशतसम्म हरेक मोबाइल तथा एसेसरिज खरिदमा छुट दिइने सापकोटाले जानकारी दिए। । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार, जस्तै पावर बैंक, सेल्फी स्टिक, हेड फोन, मोबाइल कभर, ब्लुटुथ, मेमोरी कार्ड तथा पेनड्राइभ दिइनेछ ।
उक्त अवधीमा एप्पल, एचटिसी, हुवावे, जियोनी, सामसगं, वान प्लस, ओप्पो, लाभा, कलर्स, डिटिसी, माइक्रोम्याक्स लगायतका मोबाइल सेटहरु रहनेछन् । नेपालमा पहिलो पटक नौलो अवधारणा सहित संचालनमा आएको यो मल्टि ब्रान्ड सो रुममा ग्राहकले सहज वातावरणमा आफ्नो छनौटका उपकरणबारे विस्तृत जानकारी पाउनेछन
स्टान्र्डड चार्टडमा रह“दा उनी रिलेसनसिप म्यानेजर थिए ।