काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सले दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजना ल्याएको छ । भदौ २२ गतेदेखि गरिन लागेको यो मोबाइल मेलाको मुख्य प्रायोजनमा मोटोरोला र लेनेभो मोबाइलले साथ दिएका छन् । ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले ताम्राकार मोबाइल बजारले मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको बताए ।
राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल मोबाइल इम्पोर्टर एशोसिएशनका अध्यक्ष दिपक मलहोत्राले ताम्राकार मोबाइल बजारमा हरेक बर्ष दशैं र तिहारमा गर्ने मोबाइल महोत्सब सफल रहने बिश्वास ब्यक्त गरे ।
सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको छ । यसैगरी लेनेभोका मोबाइलको खरिदमा मोडल हेरी ३० देखि ५० प्रति प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको छ ।
नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइल फोनको खरिदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन बितरण गरिनेछ । यसैगरी दैनिक २ वटा मोबाइल, १० वटा ब्लुटुथ तथा पावर बैंक लक्की ड्र मार्फत वितरण गरिने व्यवस्था गरिएको छ भने साप्ताहिक रुपमा एउटा सामसुङको ३२ इन्चको टिभी लक्की ड्र मार्फतनै बितरण गरिने गरिने छ ।
मोबाइलका पारखीहरुको मनमा बसेको नेपालको एक मात्र मोबाइल बजार ताम्राकार मोबाइल कम्प्लेक्समा नेपालमा उपलब्ध सबै मोबाइल ब्राण्डको कारोबार हुने गरेको छ ।