ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले ग्राहकहरुलाई सूपथ मूल्यमा मोबाइल फोन बिक्री गर्ने योजना ल्याएसँगै ग्राहकहरुको भीड बढ्दै गएको मलका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए।
गुणस्तरीय र ब्राण्डेड मोबाइल मात्र बिक्री गरेर ख्याती कमाईरहेको कम्प्लेक्सले बजारको विश्वासनियता बढाउन र ग्राहकहरुलाई नियमितरुपमा आउने वातावरण बनाउनका लागि नाफारहित मूल्यमा मोबाइल बेच्ने योजना ल्याइएको उनले बताए।
यही कार्तिक १५ गतेसम्मका लागि कम्पनीले प्राप्त गर्ने नाफाको मूल्य घटाई सूपथ मूल्यमा मोबाइल बिक्री गर्ने योजना ल्याएको हो ।यो योजना अवधिभर कम्प्लेक्सले अधिकतम मूल्य(एमआरपी)मा बिक्रेताले पाउने नाफाको मूल्य घटाएर नै ग्राहकहरुलाई फोन बिक्री गर्ने बस्नेतले जानकारी दिए।