सेल्फी एक्स्पर्ट क्यामेरा फोन निर्माताका रुपमा यूवा पुस्ता माझ लोकप्रिय ओप्पोले नेपाली उपभोक्ताका लागि नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । गएको साता सार्वजनिक भएको ओपो ए७१ सेल्फीसँगै अन्य फिचर्समा पनि एक्सपर्ट रहेको कम्पनीले बताएको छ।
आकर्षक डिजाइन तथा लुक्स सहितको नयाँ क्यामेरा फोन ए७१मा कम्पनीले ओक्टा–कोर सीपीयू + ३ जीबी ¥याम र ३ हजार एमएएच क्षमताको ब्याट्री जडान भएको उक्त फोनइण्ट्रि लेभल मूल्यमै उपलब्ध भइरहेको कम्पनीले जानकारी दिएको छ।
ओप्पो ए७१को फ्रण्ट क्यामेरामा ब्यूटिफाई ४.० लगायत विशेष फोटोग्राफी प्रविधि उपलब्ध गराएको र यसले तस्विरको गुणस्तर राम्रो बनाउनुका साथै आवश्यकता अनुसार परिमार्जनको विकल्प समेत उपलब्ध गराउने बकम्पनीको दाबी छ। यो फोनको नेपाली बजारमा २१ हजार ९ सय ९० रुपैयाँ रहेको छ।
आकर्षक प्रिमियम डिजाइन, भरपर्दो ब्याट्री, तिब्र कार्य सम्पादन, क्यामेराको गुणस्तर र सहज मल्टिटास्किङ लगायत विशेषताका यो फोन उपभोक्ताको रोजाइमा परिरहेको कम्पनीको दाबी छ। इण्ट्रि–लेभल मूल्यमा उपलब्ध गरिएको भएतापनि फोनमा कम्पनीले हाइ एण्ड फोनमा उपलब्ध हुने करिव सबै विशेषता तथा फिचर्स समाहित गरेको जनाएको छ।