संस्कृति पर्यटन तथा नागरिक उडड्डयन मन्त्री जीवनराम श्रेष्ठले कोभिडपछि थलिएको पर्यटन क्षेत्र उत्थानलाइ प्राथमिकता दिइने बताएका छन्।
मंगलबार नेपाल पर्यटन बोर्डले नवनियुक्त पर्यटन मन्त्री श्रेष्ठको स्वागतका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कोभिडले गर्दा पर्यटन क्षेत्र धेरै मारमा परेकाले यसको उत्थानलाई पहिलो प्रथमिकतामा राख्नु पर्ने बताएका हुन्।
मन्त्री श्रेष्ठले बोर्डलाई नयाँ बजेट निर्माण गर्दा रोजगारी सिर्जना हुने गरी बजेट निर्माण गर्न समेत आग्रह गरेका छन्।
यसैक्रममा पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले कोभिडले थलिएको पर्यटनलाई प्रर्वद्धन गर्ने हिसाबले बोर्ड नयाँ बजेट तर्जुमामा लागिरहको बताए।
बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडको समयदेखि नै बोर्डले आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने तथा रोजगारी सिर्जना गर्ने गरी विभिन्न कामहरू गरिरहेको जानकारी दिए।