खराब मौसमका कारण बिहीबार काठमाडौं-पोखरा उडान अवरुद्ध भएका छन्। दिउँसो १२:१० बजेदेखि उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। उडान अवरुद्ध भएसँगै यात्रुहरू अलपत्र परेका छन्।
हाल बुद्ध, यति, सौर्य, श्री एयरलाइन्सले काठमाडौं-पोखरा उडान गर्दै आइरहेका छन्। यसमध्य बुद्ध एयरले मात्र रात्रीकालिन उडान गरिरहेको छ।
काठमाडौंबाट पोखराका लागि बिहीबार बुद्धका १५ उडान थिए। जसमध्ये १२ बजेसम्म सात वटा उडान भएको र त्यसपछिका उडान पोखरा एयरपोर्ट बन्द भएकाले रोकिएको बुद्धका प्रवक्ता दिपेन्द्र कुमार कर्णले बताए।
उडानका लागि ३ हजार ८ सय भिजिविलिटी चाहिन्छ। अहिले पोखरामा दुई हजार भिजिविलिटी मात्र छ। 'मौसम खुल्यो भने बेलुका ८:१५ सम्म सबै उडान हुनेछन्,' प्रवक्ता कर्णले भने।
बिहीबार काठमाडौं-भरतपुर उडान पनि अवरुद्ध छ।