देशमा अशान्तिका कार्य
, हटुन् नयाँ सालदेखि ।जनता दुःखि पार्ने खबर, घटुन् नयाँ सालदेखि ।
आजसम्म भोकै–नाङ्गै, बस्नेहरुको पनि,
सुखसँग सँझ–बिहान, कटुन् नयाँ सालदेखि ।
संघ प्रदेश र स्थानीय, तीनवटै सरकार,
जनतासँगै देश बनाउन, खटुन् नयाँ सालदेखि ।
यतिका दिन सत्ताकै मात्र, नाऊँ जप्नेहरु,
"समृद्ध नेपाल सुखि नेपाली", रटुन् नयाँ सालदेखि ।
फरक भाषा, फरक धर्म, फरक जाती-भूगोल,
सब नेपाली एउटै मालामा, अटुन् नयाँ सालदेखि ।
सब नेपाली एउटै मालामा, अटुन् नयाँ सालदेखि ।।।।