रित्तो मन
रित्तो तन
एउटा हरुवा मान्छे,
अस्तित्वको कीराले
कतै पनि नखाएको
एउटा सग्लो मान्छे,
लिएर पस्छ
औजार हातहरुमा
त्यो ठाउँमा
अर्थात फरेन्सिक ल्याबमा!
म त्यो मान्छे
के पाउँछु?
त्यो लाश के पाउँछ?
यो मेडिसिन र सर्जरीको युद्व जितेर,
म बिरोधै गर्न सक्दिनँ
ती आखाँहरुमा कति कोमल छन् भावहरु,
ए लाश
तिमीले दिग्भ्रमित पारेकी छौ मलाई
तिघ्रा सोजाएर हेर्छ्यौ
म असह्य हुन्छु ता पनि
छातिमा 'आई इन्सिजन' दिन्छु,
हो तिम्रो र मेरो मृत्युमा फरक छैन
अंग अंगसँग खेल्छु
यो मेरो मान्छेवृत्ति होइन
चिकित्सा कर्म हो
उर्फ
पशु भएको भए बरु सन्तुष्ट भइसक्थ्यो!!!
म थाक्छु
नियालेर हेर्छु
उ टोलाइरहन्छे,
कति सस्तो यो मृत्यु
फिलामा तिध्रामा छातिमा
'कन्त्युजन'हरु देखापर्छन् ,
यौनांगमा
'फ्रुर्कतोज'को निसानी
अनि च्यातिएको 'मेजोरा' ,
उर्फ
'क्वज अफ देथ- महिला हिंसा '
एउटा अन्त्य
एउटा नारीको अन्त्य
बलात्कारी पुरुषले गरेको
एउटा सुकोमल गुलाफको अन्त्य!!!
म सम्झनामा डुलिरहन्छु,
समयौनिक सम्बन्धमा
सन्तुष्ट हुन जानिसकेको पुरुषलाई
किन चाहिन्छ स्वास्नी मान्छे?
किन छ सिकारको खोजि??
दिन र रातमा यहाँ केही फरक छैन
ट्युबलाइट जस्तै
हाम्रो कु-मानसिकता
भ्रम पैदा गरिरहेछ!!
हे सरकार!
कुनै पनि स्त्रीलाई
उस्को इच्छा विपरित
जबरजस्ती सम्भोग गर्ने काम
बलपूर्वक सतीत्व नष्ट पार्ने काम
यो कसरी वर्जित छैन सरकार?
जहाँ पत्नीको इच्छा विपरीत
'लिगल रेपिस्त ' भएर यौन हिंसामा सामेल छन् पतिहरु!
जहाँ शारीरिक मानसिक प्रताडना दिएर, बन्दी बनाएर
असक्त नाबालिगहरुलाई
करणी र कुकृत्य गर्न,
यौन अपराधका लागि
शक्तिको नांगो प्रदर्शन गर्न
तत्पर छन् नामर्दहरु!!
तर किन सरकार तिमी मुकदर्शक बनिरहेछौ??
हाम्रो समाज
बलात्कारको बारेमा ठट्टा गर्छ
हिंसाग्रस्त महिलाप्रति हेयभाव छोइछाइ र अपमान गर्छ,
हाम्रो धार्मिक आवरण,संस्कृति र संहिता
नारीको माहनतामा हास्दछ,
हाम्रो परम्परा ,मान्यता र अन्धविस्वास
छोरी जन्मिनुमा एकमात्र कारण आमा मान्दछ र
त्यही छोरी महिनावारी हुँदा
बलात्कार हुन सक्ने कुरालाई नजरअन्दाज गर्दै छाउगोठ पठाउँछ!!
वृषवृक्ष झै
झांगिदै छ यो दुष्प्रवितृ,
प्रहरीमा आएका तथ्यान्क मात्र हेर्दा
हरेक दिन औसत तिन जना नारी बलात्कृत हुने यो देशमा
बोलेर न्याय नपाइने
उल्टो बद्नामी र मानसिक तनाब भेटिने हुँदा
गुपचुप बस्ने नारीहरु कति होलान् ??
हाम्रा आमा दिदी बहिनी र भाउजुहरु
कति असुरक्षित होलान्
घर ,कार्यलय, सडक र मेलापातहरुमा?
जवाफ देउ सरकार???
कमजोर नारीत्व
मुर्ख्याई पुरुषार्थ
र दण्डहिनताका बीच
झांगिएको यो वृषवृक्ष सखाप पार्न,
पीडकलाई कारवाही
पीडितलाई न्याय क्षतिपूर्ति उपचार र समाजमा पुनर्स्थापना
का साथै
नारी जगत् आफै प्रतिरक्षामा उठ्नु पर्ने अपरिहार्य आवश्यकता भइसकेको छ!!
समाजले बदलोस्
दोषी चस्मा र हेरोस्
खुल्ला आकासमा
स्वछन्द उडेका पन्छीरुपी छोरी चेलीबेटीहरु र
बुझोस् यौनको सौन्दर्य
मिठा र प्रेमपूर्ण सम्बन्धका
पारस्परिकताहरु!