गीत
नारी चेली असुरक्षित किन हाम्रो देशमा
अपहरण,हत्या हुन्छन् नयाँ–नयाँ भेषमा।
यति सानो देशमा तीन तहको कानुन
प्रतिनिधि नबन है शासक समान।
हाम्रो सानो देशलाई किन गर्यौ प्लटिङ
त्यही प्लटिङ चलाउन विदेशीको ऋण।
करको दायर फराकिलो नयाँ–नयाँ क्षेत्र झन्
संघीयताको उपहार भनी दुखिराछ मन।
अन्याय र अत्यचार महङ्गी घटाउ
समुन्नत देशका लागि पाइला बढाउ।
समुन्नत देशका लागि अग्रगामी बनाउ सोच
कामका लागि युवा विदेश जानु नपरोस्।
उद्योग र कलकारखाना किन देशमा चल्दैन
युवाहरू विदेशिए देश बन्दैन।
लाखौं युवा विदेश पठाई पसिना पोखाउने
कहिलेसम्म रेमिटान्सले देश चलाउने।
कृषि अनि जडिबुटी प्रशोधन र उत्पादन
खानी अनि उद्योगमा नि देऊ सरकार ध्यान।
जनता सबै राज्यका सबै जिम्मा सरकारको
सबैतिर निजीकरण कहिले हट्ने हो।
काम गरौं देशकै लागि यही हाम्रो चाहना
विकसित देश बनोस यही छ कामना।