सितार guitar भएछ
सारङ्गी violin भएछ
म अब कसो गरौं
झ्याउरे भाका गाउने देशमा
संगीत नै music भएछ
करोड million भएछ
रुपैयाँ dollar भएछ
म अब कसो गरौं
गरीब हाम्रो अर्थतन्त्रमा
पैसा नै money भएछ
घडी watch भएछ
विसं AD भएछ
म अब कसो गरौं
शून्य जन्माउने सभ्यतामा
समय नै time भएछ
दौरासुरुवाल suit भएछ
टोपी tie भएछ
म अब कसो गरौं
ढाका लगाउने नेपालीको
लुगा नै dress भएछ
कृष्ण मन्दिर ISKON temple भएछ
चेतना consciousness भएछ
म अब कसो गरौं
अंग्रेजले राज नगरेको देशमा
ईश्वर नै god भएछ