पापी भ्रष्ट भए, सबै ठूलाहरू मान्छन् यी नीति कहाँ
कुनीति कुमति त मन्त्र यिनका, सबै छली छन् जहाँ l
सब नेतागण मन्त्री छद्म सरिका यी दुस्टले छल गरी
एक सज्जन कन प्राण हर्न यिनले मौका बस्याका कुरी ll
यो त योग्य होला भनेर जनले अमृत पिलाई दियो
त्यै दुष्ट भो ओकल्यो विष तिमीलाई मार्न बस्याको थियोl
जो मुख्य छ, ऊ छ आफैं चतुरो, बाँकी हनुमानहरु
बोली बन्द गरी र वास्ता नगरी बस्छन् रहेका अरुll
गर्छौ क्या तिमीले जन्मन पुग्यौ भिल्लहरु छन् जहाँ
जो मणि नचिनी नराखी घरमा मिल्काउछन् मल महाँl
लाजै मर्नु भयो तर अझ पनि डाँको यिनैका बढी
धिक्कार छ यिनलाई सब जन्मभरिको जान्छन् नरकमा सडी ll
तड्पाई तिमीलाई सुखी हुने जो देख्छन् दुस्वप्नहरु
तिम्रो मृत्यु सर्वोपरी छ तिनलाई भन्छन् मरोस यो बरु l
नसकिने भयो जुगौ जुग यहाँ यी दुस्टका पेटभरी
देखेनौ ती नन्द पनि त वीरमा आखिर गयाथे मरी ll
हे ईश्वर भनी कृष्ण पुज्दछौ तिमी बालकृष्ण पुज्छन् यिनी
यस्ताकासँग जति हठ गरे पनि यी हुन् धोका जो दिनीl
तस्मात छाड नराख यो हठ तिमी सबलाई सुधार्छु भनी
सुध्रन्नन् यी सुध्रे झैँ गरे पनि बरु मार्नन तिमीलाई पनि ll
को मान्छ विधान यो कलि बखतमा सब राक्षसी मत यहाँ
जहाँ सत्य बृहस्पति पनि आखिर एक्ला भयाथ्ये तहाँ l
तिमी त्यै एक्लो बृहस्पति सरिको साह्रै नकामको भयौ
ज्यान व्यर्थै तिमीले सुकाउँदै गयौ धेरका कुपात्र भयौ ll
जसका खातिर यो दुःख गर्यौ तिमीले के सोच्छन् तिनीहरु
सानो छ स्वर तर संख्या छ धेर बस्छन् नबोली बरु l
बाँच्नु सशक्त भै पर्दछ तिमी यहाँ आशा झुप्रोमा छरी
जीवन सार्थक हुन्याछ ती दीनहिनका तनमा तिम्रो हात परी ll
नेताका खातिर त द्रोही ठहरियौ जो छन् निमुखा अरु
तिनका त तिमी सच्चा देवता पो हौ अरु बखान क्या गरुँ?
तस्मात छाडी अनसन तत्काल तिमीले फर्कनु छ काम महाँ
तिम्रो कोमल स्पर्श उपचार तिनले पर्खिरहेछन जहाँ ll