प्रेम र बलिदानको भाषा बोल्नेहरू,बीच बाटोमै हराएको देखें !
धेरै माया गर्छु भन्ने हरूले ,कहिले ढुंगा अनि केतुकीमा लेखे !!
सच्चा प्रेम गर्छु भन्ने जोडीहरूकै,ढुंगा लाग्यो पहिलो गाँसमा !!
लैला और मजनुको जस्तो माया, उदाहरण बन्यो इतिहासमा !
प्रेम मजबुत स्नेहको भावना र,व्यक्तिगत लगाव अनि हो माया !
अनमोल अनि गहन छ अर्थ,यसलाई प्रतिबिम्ब भनौं या छाया !!
आफैंमा अर्थपूर्ण छ यो शब्द,बुझ्न खोजे संसार भेटिन्छ यसमा !
बुझ्नु पर्छ जुझ्नु पर्छ पाउन यसलाई,आध्यात्मिकताको भेषमा !!
खुसीलाई खुसीकै रूपमा सोच, आनन्दको उज्यालो बल्ने गर्छ !
जीवनलाई सहज रूपमा बुझे, दिमागमा कोपिला फल्ने गर्छ !!
मृत्युलाई मृत्युको रूपमा बुझ्दा,निर्धकता र धैर्यता बढ्दो रहेछ !
चिन्ता लिँदै हिँड्ने मानिसहरू, आधा बाटोमै गएर लड्दो रहेछ !!
चिन्ता र चिता एउटै हुन् भनेर बुझ्नेहरू,हिँडे अध्यात्मकै पथमा !
ज्ञान,ध्यान र योगाकर्म गर्न जान्नेहरू,रमाउँछन् यसकै लतमा !!
जीवन बुझेकाहरू खुसी हुन्छन् यहाँ,चाहिँदैन कुनै ठूलो चाहना !
चिन्ता रि चितामा पुग्नेहरूका लागि,अनेक जन्मिन्छन् बहाना !!
खुसी हुन किन चाहियो र धेरै,मन मस्तिष्क स्थिर भए मात्रै हुन्छ !
मनोविकार हटाई रिस,राग,अनि, क्रोध मिल्काए भित्रैबाट छुन्छ !!
खुसी हुँदै उनको साथ सँगै किचनमा, साथी म अनि उनी भान्छे !
जिन्दगीलाई जहर ठान्नेहरूका भीडमा, म चिन्ता हराएको मान्छे !!