राजेन्द्रप्रसाद अर्यालको नियात्रा कृति ‘माल्भा’ तथा श्रीमती सीता अर्यालको कथा संग्रह 'उपहार आँसुको'को मिरा पिक(६४७६ मिटर)मा लोकार्पण गरिएको छ।
युवा पर्वतारोही गोम्बाछिरी शेर्पाले मिरा पिकमा यी दुई पुस्तकको साथमा दण्डपाणी अर्ज्याल स्मृतिकेन्द्रको वार्षिक प्रकाशन 'ज्ञानबिन्दु'को लोकार्पण गरेका हुन्।
लोकार्पणपछि शेर्पाले सर्जकहरूको हौसला अभिवृद्धि गर्न यसरी किताब लोकार्पण गर्न आफू तयार भएको बताए।