Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, भदौ १२, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • साहित्यपाटी
  • ग्लोबल
  • घुमफिर

मुक्ति

बिभु थपलिया

बिभु थपलिया

कथा

पूर्वी तराईको एउटा जिल्लामा अवस्थित एउटा घर। घर छेउको बारीमा झार उखेल्दै गरिरहेकी उसलाई झस्याङ्ग पार्ने गरी आवाज आयो, ‘ए सकुन्ती ! पल्लो गाउँमा सप्ताह लगाएको छ, म पुगेर आउँछु. झार उखेलिसकेर घर धन्दा भ्याउनू है। मालिक चाहिँ घरमै हुनुहुन्छ।’

‘हवस्’ उसले घुटुक्क थुक निलेर दबिएको आवाजमा भनी।  मालिक घरमा हुनुहुन्छ तर मालिक्नी हुनुहुन्न, शायद दिनभरि नै। उसलाई राम्ररी थाहा थियो अब के हुन्छ। किनकी विगत ६ महिनादेखि त्यही हुँदै आएको छ। 

घरको सबै काम सकाएर थकाई मार्न बारीको डिलमा बसिरहेकी थिई।

अचानक आवाज आयो, ‘सकुन्ती, भित्र आउन, के गरिरा’को?’ आवाज अधबैंसे पुरुषको थियो।

ऊ भित्र गई। हेरी, एउटा निर्लज्ज अधबैंसे पुरुष नग्न अवस्थामा ओछ्यानमा बसेको छ। सुर्तीले लेउ जमेको तल्लो दाँतको लहर देखाएर हाँस्दै यौन निमन्त्रणा दिइरहेको एउटा पुरुष। ऊ कलिली १९ वर्षकी। तर अभ्यस्त भैसकेकी छ यस प्रकारको निमन्त्रणामा। उसलाई डर लाग्छ ‘नाइँ’ भन्न। 

घरको काम गर्ने नोकर्नी। उसको अस्तित्व के? कसले बोलिदिन्छ उसको लागि? केही पर्‍यो भने गर्जो टार्ने मालिकसँग ठूलो अवाज गर्ने, नाइँनास्ती गर्ने कस्को हिम्मत?

ऊ सधैंजसो वस्त्र निकालेर समर्पित भइदिई।

‘बूढोसँग कुरा हुन्छ तेरो? के भन्छ? अर्को छुट्टी कहिले मिल्छ रे?’ साहुले गन्जी लगाइसकेर कपाल मिलाँउदै सोध्यो।  

‘थाहा छैन। फोन गरेको छैन’ सकुन्तीले दबिएको आवाजले उत्तर दिई।

‘किन पिर मान्छेस्? काम गर्, बस्।  ऋणको कुरा म हेर्छु। केही हतार छैन।’

उसलाई किन हतार हुन्थ्यो र?

१ वर्ष अघि कतार गएको उसको बूढो। २ लाख रुपैयाँ ऋण लिएर गएको थोरै मात्र ब्याज तिर्ने सर्तमा। तर बदलामा उसकी बुढी सकुन्तीले घर खेतको काम गरिदिनुपर्ने दिनभरि।  सकुन्तीले ऋणको ब्याज चर्कै तिरिरहेकी थिई आफूलाई साहुरुपी पिपासुलाई समर्पित गरेर।

‘बूढोले फोन नगरेको पनि २ महिना भयो। केही भयो कि?’ अब यो कुरा सोच्न छोडेको पनि धेरै दिन भइसकेको थियो। चिन्ता थियो त अब केबल आफ्नै वर्तमानको।

‘यसरी नै जिन्दगी जाने भयो। कम से कम १० सम्मै पढ्न पाएको भए पनि केही हुन्थ्यो कि! ५ भन्दा माथि पढ्नै पाइनँ,’ ऊ खुइय्य गर्दै निदाउँथी।

दिनभरिको कामले गलेको शरीरले केही विश्राम पाउँथ्यो। सपनामा आफ्नो बचपन देख्थिई । सुनैनालाई देख्थिई । उसको बचपन र सुनैना अलग नै कहाँ थिए र?

भोलिपल्ट घाँस काट्न जाँदा उही सुनैना, उसकी परम मित्र भेट भएकी थिई। सुनैना त्यसै उसकी परम मित्र भएकी होइन।

एक दिन उसले स्कुलमा खाजा ल्याउन बिर्सिएकी थिई, ‘हत्तेरीका ! खाजा घरमै छुटेछ’ अब यति लामो दिन कसरी कटाउने भोको पेटमा! माइले ठीक्क पारेर राखेको खाजा अँगेनाको छेउमै छुट्यो। कहिलेकाहीँ पाकेको खाना छोडेर साथीहरूसँग खेल्न जाँदा माइले भन्थिन् ‘यसरी पाकेको खाना छोडेर जाँदा अन्नको अपमान हुन्छ है,अन्नले सरापेर कुनै दिन भोकै बस्नुपर्दा थाहा पाउलिस्!’

‘आखिर अन्नको सराप लागिछाड्यो, कक्षामा भोकले पेट कराउँदा सुन्ने भए अब सबैले!’ आफैंसँग बर्बराइरहेकी थिई ऊ। त्यही बेला सुनैना आएर सोधेकी थिई, ‘खोई त खाजा खाने होइन? जाउँ बाहिर बसेर खाउँ।’ कसैले बोलाएर तिम्रो बेस्ट फ्रेन्ड को भन्दा मुखमा आउने नाम सुनैना। खाजा ल्याउन बिर्सेको कुरा भनेपछि सहजताका साथ उसले भनी, मसँग दुई पसर चना छ, एक पसर तिमी खाउ अर्को म खाउँला। अनि अलिकति पानी पिएपछि त आजलाई पुगिहाल्यो नि !’  मित्रताको पहिलो सुखानुभूति! “परम मित्र” शब्द चरितार्थ भएको पल! कति निश्छल र निस्वार्थ थियो बचपन। केही यादहरू समय बित्दै जाँदा झनै गाढा हुँदै जान्छन्। सकुन्तीको मानसपटलमा पनि त्यो याद अमिट छ।

अहिले उसको घाँस काट्ने साथी पनि उही सुनैना भएकी छे। भेट्ने बित्तिकै सोधिहाली, ‘किन मुख अँध्यारो देख्छु नि! सन्चै छ तँलाई?’

केही नबोली घाँस काट्न थाली सकुन्ती।

‘तँ आजकल बढी चिन्तामा देख्छु। कुन कुराले यस्तो पिरोलिरहेको? ऋणले? कि साहुले गर्दा?’ सुनैना सकुन्तीमाथि साहुले आफ्नो अभिस्ट पूरा गर्ने गरेको यथार्थबारे अनभिज्ञ थिइन। सकुन्तीले छोटो जवाफ दिई, ‘केही होइन, घाँस काट्।’

सुनैनालाई के थाहा आजकल सकुन्तीको मनको छ्याङ्ग नीलो आकाशमा कालो बादलले ढाक्दै जान्छ।

अनि विस्तार नीलोको एउटा अंश पनि बाँकी रहँदैन। नमीठो विकराल नैराश्यता छ। किन छ त्यो नैराश्यता, त्यो नमीठो दुखाई? कारण प्रस्ट छ तर उपाय छैन। उपायको अभावमा दुखाई झन् गहिरो। कसैलाई सुनाउँ सुनिदिने कति छन्? सुनेर डेढ अक्कल लगाउन खोज्नेको जमात छ। 

घाँस काट्ने काम सकिएपछि सकुन्ती र सुनैना एकछिन बिसाए।

अनि सकुन्तीले भनी,‘त्यहाँ पर चरिरहेको गाईलाई अहिले त चर्नको मात्र ध्याउन्न छ।  भरे गोठमा फर्किएर दाम्लोले बाँधिन मन छ कि छैन होला? त्यसको पनि भावना छ होला? खान दिन्छन्, दूध लिन्छन् अनि फेरि बाँधेर राख्छन् त्यसलाई। याद छ तँलाई नेपाली पढाउने मिसले हामी ४ कक्षा हुँदा भनेको कुरा? मान्छे श्रमजीवी, चेतनशील, बुद्धिजीवी प्राणी हो, त्यसैले हामी अरु चराचुरुंगी र जनावरभन्दा उच्च स्थानमा छौं। तैले र मैले पनि मान्छेको चोला पाएको होइन सुनैना?’

आज आफ्नी संगिनीले गरेको कुरा सुनेर सुनैना धेरैबेर त केही बोल्नै सकिन।  एकछिनसम्म त्यही चरिरहेको गाईलाई हेरिरहे दुबैले।

‘जति सोचे पनि त्यही हो । नसोच् धेरै। हामी गरिब हौं। हाम्रो अर्को अस्तित्व छैन,’ सुनैनाले उसको आजको कुराको कुनै तुक नभएको अर्थमा आफ्नो मत राखी।  

‘मान्छेलाई मुक्ति दिलाउन नसक्ने चेतना के काम?’ सकुन्तीले उल्टै प्रश्न सोधी।

‘हाम्रो मिसले भनेको कुरा पढे लेखेको अनि सम्पत्ति भएको मान्छेको लागि हो’, कुरा मोड्दै सुनैनाले भनी,‘हिँड् जाउँ। काम छ।’

सुनैना यी सबै कुरा धेरै सोच्नै चाहन्न थिई।

चुप लागेर काम गर्ने अनि उसका दुई बच्चालाई हुर्काउने। अहिले उसको जीवनको लक्ष्य यति नै हो।

चौधै वर्षको उमेरमा बिहे भएकी सुनैनाको उन्नाइस वर्ष पुग्दा दुई बच्चा छन्। सानैमा बुवाको मृत्युपछि सधैं पुरुष संरक्षकत्व खोजेकी उसले चाँडै आफैंले रोजेको केटासँग बिहे गरी। उसको बूढो र ऊ ठूलै जमिन्दारको घरमा काम गर्छन्। त्यहीँ बस्ने कोठा पनि दिएको छ उनीहरूलाई। उसलाई यति थाहा छ कि चुपचाप काम गर्नुछ, बच्चाहरूलाई पढाउनुछ। उसका आकांक्षा यी भन्दा बढी छैनन्।

तर जे होस्, ऊ नाम मात्रैको साथी थिइन।

छुट्टिने बेला यति चाहिँ भन्न भ्याई, ‘हेर सकुन्ती, कि त हिम्मत जुटा यहाँबाट निस्कने, नत्र जहाँ छेस् जे गरिरहेकी छेस्, त्यसैलाई आफ्नो भाग्य सम्झेर बस् र यसमै रमाउन सिक्। मेरो बुवा यहीँ जन्मिएर यहीँ मरे। शायद मेरो पनि नियति यही हो। तेरो बूढो विदेशमा मरेको छ कि बाँचेको छ थाहा छैन।

हेर्, राति आकाशमुनि सुतेर तारालाई हेर्दै खुला आँखाले सपना देख्न सजिलो छ तर त्यो सपना पूरा गर्न हिम्मत चाहिन्छ। सपना देख्ने छुट सबैलाई छ तर आफ्नो सपना पूरा गर्न पाउने अधिकार र साधन कमैसँग हुन्छ।  तँ र म त्यो वर्गमा पर्दैनौं।”

सकुन्तीले सुनैनाको कुरा सुनिरही। केहि नबोली सकुन्ती घरतिर लागी। तर मन अशान्त थियो। सुनैनाले भनेको कुरामा उसको कानमा सिर्फ ‘कि त हिम्मत गर् यहाँबाट निस्किने’ मात्र गुन्जिरह्यो। बाँकी कुरा या त उसले सुनिन या सुन्न चाहिन।

राति निन्द्रा परेन। आँखा अगाडि झल्झली बचपन, विदेश गएको बूढो र दिउँसो चरिरहेको गाई आए।

सानोमा मिसले कक्षामा सबैलाई सोध्नुभएको थियो, ‘तिमीहरू ठूलो भएपछि के बन्ने?ֹ’

उसले ठूलो स्वरले भनेकी थिई, ‘म तपाईं जस्तै मिस बन्ने।’

कक्षामा सबै हाँसे। मिसले अरूलाई गाली गर्दै गम्भीर भएर भन्नुभयो, ‘स्याबास् ! सपना देख्नुपर्छ । अनि त्यसलाई पूरा गर्न धेरै मेहेनत गर्नुपर्छ।’

आफ्नो त्यो बेलाको अनुहार झल्झली सम्झी उसले।

लामो खैरो कपाल, लाम्चो अनुहारमा बाक्ला आँखीभौंका मुनि गढिएका साना तर तेजिला कैला आँखा। सर्लक्क परेको पातलो शरीर। वर्तमान समयमा उसको उमेरसँगै अनुभवको पनि मिश्रणले परिस्कृत र अलि फराकिलो बनाएको बुद्धिले फेरि गहिरिएर सम्झिँदा अलग्गै स्वभाव र व्यक्तित्व सहितकी सकुन्ती उसको मनको क्यानभासमा उत्रिन थाली। अन्तर्मुखी स्वभाव तर हक्की।

उसले घुमाएर कुरा गर्न जानेकी थिइन न त अरुले गरेको घुमाउरो कुरा बुझ्न सक्थी। सपनाहरू कलिलै थिए र आशा जीवन्त थिए।

ठूलो परिवारको ठूलै आवश्यकता अनि त्यसमाथि बाबुले अर्की लिएर बसेपछि आमाको संघर्षमा साथ दिनको लागि उसले पाँच कक्षामै पढाइ छोड्नुपर्‍यो। संघर्षमै यौवन आएको थाहै हुन पाएन। बिहे भयो।

जीवनसाथी भनेको कस्तो हुन्छ थाहा नपाउँदै बूढो विदेश गयो, ऋणको बदला उसलाई धितो राखेर। यो सबमा उसका आकांक्षा कहाँ गए? आशाहरू मर्दै गए। सपना छिप्पिएर, ओइलाएर झर्‍यो।

‘के अब तिनलाई मलजल गरी फेरि उमार्न नसकिएला त?’ यस्तै द्वन्द्व उसको मनमा निकैबेर चलिरह्यो।

झिसमिसेमा पहिलो कुखुरीकाँसँगै ऊ झसंग भई।

एकैचोटी उठी, लुगाको पोको बोकी। अनि केही सम्झे जस्तो गरेर ओछ्यानमुनि राखेको अलिकति पैसा चोलीभित्र घुसारी। अनि हिँडी तेज रफ्तारमा। न त उसले घरलाई फर्केर हेरी न त गाउँलाई नै।

गाडीको आवाज र हल्लाले बिउँझिएर उसले आँखा खोली विस्तार।

बसले काठमाडौंको नयाँ बसपार्क ल्याइपुर्‍याइ सकेछ।

‘ओहो कस्तो भुसुक्कै निदाएछु। ओर्लिने बेला पो भैसकेछ त।’ बसबाट ओर्लिएर उसले पहिलो पाइला नयाँ धर्तीमा राखी।

एकपटक आफ्नी प्रिय सखी सुनैनालाई सम्झी। उसैले भनेको ‘कि त हिम्मत जुटा...’ कानमा गुञ्जायमान थियो।

अब कहाँ जाने? के गर्ने? थाहा छैन तर मन निकै शान्त छ। मुक्तिको आभास छ।

सकुन्ती बसबाट ओर्लेर फटाफट हिँडी। कहीँ न कहीँ पुगिन्छ उसलाई थाहा छ। हिँड्दा हिँड्दै उसको खुट्टा एउटा ढुंगामा ठोकिन पुग्छ। ‘ऐय्या’ मुखबाट निस्किन्छ।  ढुंगामा नजर जान्छ। एउटा फूल त्यही ढुंगा र त्योसँगैको अर्को ढुंगाको कापबाट उम्रिएर फुलेको रहेछ।

त्यो देखेर सकुन्तीको मनमा नौलो तरंगको संचार भयो। ऊ मुसुक्क हाँसी अनि अगाडि बढी।

प्रकाशित मिति: शनिबार, माघ १८, २०७६  १४:३२
सिफारिस
काठमाडौंबाट गोरखा जाँदै गरेको यात्रुवाहक भ्यान धादिङको नौकिलोमा दुर्घटना
काठमाडौंबाट गोरखा जाँदै गरेको यात्रुवाहक भ्यान धादिङको नौकिलोमा दुर्घटना
यसरी सुरू भएको थियो महासंघका अध्यक्ष चन्द्र ढकालको व्यावसायिक यात्रा
यसरी सुरू भएको थियो महासंघका अध्यक्ष चन्द्र ढकालको व्यावसायिक यात्रा
पाँच जलविद्युत आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत
पाँच जलविद्युत आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत
मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ
मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ
सरकारी खर्चमा विकृति र नियमबाहिर गएर खर्च गर्ने प्रवृत्ति बढ्दो
सरकारी खर्चमा विकृति र नियमबाहिर गएर खर्च गर्ने प्रवृत्ति बढ्दो
जब देहातमा भेटिए काठमाडौं, ललितपुर र वसन्तपुर
जब देहातमा भेटिए काठमाडौं, ललितपुर र वसन्तपुर
अन्‍जन श्रेष्ठ बने महासंघको वरिष्ठ उपाध्यक्ष
अन्‍जन श्रेष्ठ बने महासंघको वरिष्ठ उपाध्यक्ष
पर्यटकका लागि किन बन्द भयो 'सोलो ट्रेकिङ'
पर्यटकका लागि किन बन्द भयो 'सोलो ट्रेकिङ'
सरकारकी प्रवक्ता भन्छिन्- मेयर बालेनको कदमले राम्रो सन्देश गएको छैन (भिडिओ)
सरकारकी प्रवक्ता भन्छिन्- मेयर बालेनको कदमले राम्रो सन्देश गएको छैन (भिडिओ)
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

प्रेम प्रस्ताव स्वीकार गर्लिन् त?
शुभकामना!
तिमी जस्तो पो जीवनसाथी!
वाह! पत्थर तिमी महान् छौ
ओ अनुभूतिहरू!
हे युवा हो!

विचार

सम्पादकीय
बालेन शाहको अराजकता सम्पादकीय
जीवन क्षेत्री
भरतपुरले फेरि यसरी छक्यायो गैंडाकोटलाई जीवन क्षेत्री
जीवन क्षेत्री
नारायणीको बालुवामा ४ अर्बः विकासका नाममा आत्मघात! जीवन क्षेत्री
नवराज पराजुली
ओशो! नवराज पराजुली

ब्लग

बलराम तिमल्सिना
ताल्चा लागेका दुई कोठा! बलराम तिमल्सिना
दिपक घिमिरे
सरकारको नुन खाने रहर! दिपक घिमिरे
केशवकुमार मलाशी
'विदेश नगएर के यस्तो देशमा हल्लिराको होला?' केशवकुमार मलाशी
विष्णु ज्ञवाली
प्राइभेट जागिर भर्सेस लाेक सेवा विष्णु ज्ञवाली

साहित्यपाटी

सुबास भण्डारी
प्रेम प्रस्ताव स्वीकार गर्लिन् त? सुबास भण्डारी
Hamropatro inner
Hamropatro inner
नारायण खड्का
शुभकामना! नारायण खड्का
आशिष खनिया
तिमी जस्तो पो जीवनसाथी! आशिष खनिया
जीवनदास सुनार
वाह! पत्थर तिमी महान् छौ जीवनदास सुनार

केटाकेटीका कुरा

ऋतम्भरा ढुंगाना
साथी र म ऋतम्भरा ढुंगाना
यूदाइ उ राउत
आमाको लागि औषधी यूदाइ उ राउत
सन्जिना श्रेष्ठ
जीवन सन्जिना श्रेष्ठ
सञ्जिता थारू
कम्मर कसौं न साथी! सञ्जिता थारू

पाठक विचार

सेतोपाटी संवाददाता
सुरेन्द्र पाण्डेको सचिवालयद्वारा खण्डन सेतोपाटी संवाददाता
युवराज अधिकारी
धन्न नेता भइनँ! युवराज अधिकारी
कृष्ण वर्मा
माननीयज्यू, खै त रोजगारी? कृष्ण वर्मा
पत्रकारिताको विद्यार्थी
मानविकी संकायका डिनलाई खुलापत्र: शिक्षामा भाषाको अवरोध हटाइयोस् पत्रकारिताको विद्यार्थी

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
+977-1-5529319 +977-1-5528194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP