कमीज फेरमा चकलेट बेरी फुटाएको याद आयो
धुले बाटो बाँसको पांग्रा गुडाएको याद आयो
खरको छाना प्वालै-प्वाल थ्यो, जून देख्या याद आयो
त्यै छाप्रोको बालापन, दुर्लभ प्रेम याद आयो
आँगन कुना पारिजात, फूलबारीको याद आयो
मठमा पानी चढाउने वृद्ध माता याद आयो
मध्य दिन मै सूर्य अस्त किन देखें मैले?
नाता-गोता, इष्टमित्र सबैको नै याद आयो।
दुई मुठ्ठी सास छ ज्यानमा, यसले छिट्टै छोड्ने हो कि?
यै बेलामा खै किन हो? आफ्नै आँगन याद आयो।