भण्डारा पनि खान्छ जान्छ जहिले जाँदैन हाँसो कहीँ ।
गाला पुक्क छ हुन्छ हुन्छ रसिलो हाँसो बसाल्दै गई ।
बच्चाले पनि खिस्स पार्दछ अहो छैनौ नबुज्ने हगि ।
हाँस्नै पर्दछ हाँस हाँस पहिले हाँसो न हो जिन्दगी ।
नारीका अझ मन्द मन्द मुखमा लठ्ठै नपर्ने छ को ।
सारा दु:ख भुलाउने मनुजको त्यै खिस्स हाँसो त हो ।।
पक्का हुन्छ सबै बुझौं अब यहाँ हाँसो गए दुर्गति ।
हाँस्नै पर्दछ हाँस हाँस पहिले हाँसो न हो जिन्दगी ।।
हाँसोले सब राज्य नष्ट भइगो जन्म्यो महाभारत ।
सारा विश्व रहेछ दुष्टहरूको हाँसो ल उद्गारत ।।
ठूलै चोट परोस् यहाँ तर कुनै हाँस्यौ भने टिक्छ को।
हाँस्नै पर्दछ हाँस हाँस पहिले हाँसो न हो जिन्दगी ।
पैसामा छ बजार पूर्ण तर लौ पैसा बिना मिल्छ यो ।
सित्तैमा मिलिहाल्छ सोच मनमा बोक्यै भने चिप्लियौ ।।
आजै लौ अब हाँस मस्त मनले सन्तोष मिल्ला कति
हाँस्नै पर्दछ हाँस हाँस पहिले हाँसो न हो जिन्दगी ।