सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम रूबस पराजुली हो। मैले कक्षा १ को परीक्षा दिएँ। अंग्रेजीको त दिनै पाइन। हेटौंडा मकवानपुरस्थित जी एस निकेतन स्कुल कोरोनाले बिदा पो भयो। घरमा बुवाआमा दिदी र म बस्छौं। अहिले धेरै दिन बिदा भएको छ। मलाई र मेरो दिदीलाई बुबा र आमाले चित्र बनाउन, गीत गाउन, खेल्न अनि केही कुरा लेखेर पत्रिकामा पठाउन भन्नुहुन्छ। त्यही भएर मैले एउटा बिरालो र मुसाहरूको कथा लेखेकी छु। हजुरहरूले पढ्नुस् है।
...
जंगलको राजा
एउटा सानो जंगल थियो। जंगलको राजा बिरालो थियो। ऊ एउटै बिरालो मात्र जंगलमा थियो। घमण्डी थियो, आफूजस्तो बलियो कोही छैन भन्थ्यो। जंगलमा अरू सदस्य सबै मुसा थिए। राजा बिरालोलाई देखेर सबै मुसा डराउँथे। सधैं दुलाभित्र लुकेर बस्थे।
एकदिन जंगल नजिकै रहेको घरमा बिरालोले दुध चोरेर खान गयो। एउटा मुसा 'जंगलको राजा म हुँ, जंगलको राजा म हुँ' भन्दै कराउन थालेकाे देख्याे। यो सुनेर बिरालो दगुर्दै रिसाउदै मुसाको ठाँउमा आयो।
'ए १ मूर्ख मुसा के भनेको तैंले? मलाई देखिनस्? म हुँ नि यो जंगलको राजा,' रिसाउँदै बिरालाे कड्कियाे।
अरू सबै मुसा डराएर दुलोभित्र पसे। कराउने मुसा भने टसमस भएन। उसले जुक्ति लगायो र भन्यो, 'मैले भनेको होइन नि राजा म हुँ भनेर।'
बिरालाेले साेध्याे, 'कसले भन्याे त?'
मुसाले भन्यो, 'उ त्यो इनारमा एउटा बिरालो आएको छ। उसले भनेको हो नि।'
बिरालाे आफूलाई टक्कर दिने काे आएछ भनेर उत्सुक हुन्छ, 'कहाँ छ मलाई देखाई हाल त। म त्यसलाई भेट्न चाहन्छु।'
मुसोले बिरालोलाई इनार नजिक लगेर हेर्न भन्छ। बिरालाेले इनारमा हेर्छ। त्यहाँ आफ्नाे छाँया देख्छ। ऊ रिसकाे सुरमा भएकाले केही साेच्न सक्दैन्। इनारमा झ्वाम्म हाम फाल्छ। ऊ मर्छ। सबै मुसाले त्यो जुक्ति लगाउने मुसालाई धन्यवाद दिए। अनि जंगलको राजा बनाए। मुसे राजाले मिठो-मिठो खानेकुरा खुवाएर सबैलाई भाेज खुवाए।
कस्तो लाग्यो त हजुरहरुलाई मैले लेखेको कथा?
कोरोना भाइरस लाग्छ भनेर हामी त घरबाट बाहिर जाँदैनौं। घरभित्रै बसेर खेल्छौं घरीघरी पढ्छौं। अनि लेख्छौं। हजुरहरू पनि घरबाहिर नजानु है!
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com